विमानस्थलमा मान्छे ओसारपसारको यस्तो सेटिङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो ।
  • पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमेत लेखिदियो ।
  •  उनीहरु त्यसअघि कुनै देश गएका थिएनन् ।

दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो ।

पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमेत लेखिदियो । उनीहरु त्यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्यागमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो ।

तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा मानव तस्करीको सेटिङ चालु रहेको शंका बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो ।

साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए ।विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?