स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
सारांश
- अस्बिन खड्का, सुनसरी,१० साउन ।
- बुधबार साँझ सशस्त्र प्रहरी र स्थानीयबासी को झडपपछि तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बन्दै गएको छ ।
- गएराति बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार सशस्त्र प्रहरीले गर्ने, कुटपिट गर्ने लाई छानबिन गरी दोषीलाई कार्वाही गर्ने र घटनामा संलग्न सशस्त्र प्रहरी को टोली परिवर्तन गर्ने सहमति भएको स्थानीयहरुले बताए ।
अस्बिन खड्का, सुनसरी,१० साउन । बुधबार साँझ सशस्त्र प्रहरी र स्थानीयबासी को झडपपछि तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बन्दै गएको छ । गएराति बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार सशस्त्र प्रहरीले गर्ने, कुटपिट गर्ने लाई छानबिन गरी दोषीलाई कार्वाही गर्ने र घटनामा संलग्न सशस्त्र प्रहरी को टोली परिवर्तन गर्ने सहमति भएको स्थानीयहरुले बताए ।
घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित गाउँलेबीच राति अबेर सम्म चलेको वार्ताले जिल्ला प्रशासन कार्यालयको रोहवरमा सर्वपक्षिय छानविन टोली गठन गर्ने सहमति गरेको हो । सर्वपक्षिय वार्ता टोली गठन गर्ने बुझिएको छ ।
सशस्त्रले त्यसठाउँ का सई दिलकुमार तामाङको कमाण्डमा रहेको टोली परिवर्तन गरी जिल्लाबाट प्रहरी निरीक्षक बिदुर भट्टराई नेतृत्वको टोली सीमा सुरक्षा बल घुस्की पठाएको जनाएको छ ।सीमावर्ति क्षेत्र घुस्कीमा स्थानीयसँग सशस्त्रको विवादले तनावपूर्ण हुँदा सशस्त्र प्रहरीले ८ सेल जती अश्रुग्यास सेल र आधा दर्जन भन्दा बढी हवाई फायर गरेको थियो । जिल्ला बाट आएको टोलीले सोधपुछ गर्दा सशस्त्रले गर्भवती महिला सहित हातपात गरेपछि सशस्त्र प्रहरीको ज्यादती विरुद्ध गाउँले प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको स्थानीयहरुले बताएका छन ।
सशस्त्र प्रहरीले भने सोधपुछ गर्दा वादविवाद ले उग्ररुप लिएपछि गाउँले बाट हतियार खोस्ने र आक्रमण गर्न थालेपछि आफुहरुले हवाई फायर गरेको जनाएको छ।।
प्रतिक्रिया