भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
११
|
२३ पटक हेरिएको
Shares
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ।
  • २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् ।
  • प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् । प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् । भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिकलाई दिएको अन्तर्वार्ता :
भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ?
मैले भारत भ्रमणमा जानुअघि संसद्लाई सम्बोधन गर्दै भनेको थिएँ, ‘हाम्रो वैदेशिक मामिला वा सम्बन्धको प्रस्थानबिन्दु मित्रता हुनेछ । हामी हाम्रो भौगोलिक अखण्डता, स्वाभिमानको सम्मान र पारस्परिक लाभका आधारमा छिमेकीहरुसँगको मित्रतालाई अघि बढाउन चाहन्छाै ।’ यो भ्रमणले दुई देशबीचका असमझदारीका पक्षलाई वा असमझदारी उत्पन्न गराउन खोज्नेहरुलाई जबाफ दिएको छ।

यो भ्रमण असमझदारीका सम्भावनाहरुलाई पनि समाप्त गर्नेगरी समझदारी विकास गर्न सफल भएको छ । पारस्परिक विश्वास वृद्धि गर्न सफल भएको छ । वामपन्थी नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा छ भन्ने आरोप थियो । छिमेकीहरुको कार्ड खेल्न खोज्छ नेपालले भन्ने आरोप पनि थियो । हामीले जुन सन्तुलित सम्बन्ध र तटस्थताको नीति अपनाएका छौं, त्यो उपयुक्त छैन भन्ने खालको भ्रम पनि थियो । ती सबै भ्रम टुटेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र मैले संयुक्त प्रेस सम्मेलन गर्दा त्यो प्रस्ट भएको छ । हामीले त भनीआएकै थियौं मोदीजीबाट पनि जुन अभिव्यक्ति आएको छ । त्यसले नै देखाएको छ, अबको भारतीय बुझाइ, अबको नेपालसँगको भारतको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषय स्पष्ट भएको छ भन्ने ठान्दछु।

नेपाललाई सहयोग गर्ने भारतको तत्परता नयाँनयाँ कुरामा छ । रक्सौल–काठमाडौं रेलको कुरा अथवा गंगाको बाटो हुँदै नेपालसम्म पानीजहाज र स्टिमर पुर्‍याउने वा सामान ढुवानीको व्यवस्था वा यातायातको विस्तार गर्ने समझदारीअनुसार सकेसम्म छिटो सम्भाव्यता अध्ययन गर्ने र काम अघि बढ्ने विश्वास लिएको छु।

त्यसैगरी कृषि अनुसन्धान र कृषिको आधुनिकीकरणका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान गर्नेे भारतको तत्परताले नै दुई देशबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुगेको देखाएको छ । भ्रमणको अन्तिम दिन उत्तराखण्डका मुख्यमन्त्रीले नेपाल–भारत सहयोगअन्तर्गत त्यस क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रले सोधिसकेको मसँग बताउनुभयो। त्यो सुनेर मलाई खुसी लाग्यो।

नयाँदिल्लीमा बडो प्रस्ट शब्दमा नेपाल–भारत सम्बन्धबारे आफ्नो कुरा राख्नुभयो । नागरिक अभिनन्दनमा म पहिले पराराष्ट्रमन्त्री पनि थिएँ तर कूटनीतिक भाषा प्रयोग गर्न जान्दिनँ भन्दै स्पष्ट रुपमा धारणा राख्नुभयो । भोलिपल्ट भारतीय मिडियाले लेखे, भारतले गरेको नाकाबन्दीबारे यसरी कुनै नेपाली नेताले दिल्लीमै आएर यसरी बोलेको यो पहिलो अवसर हो । के अब सबै असमझदारी हटेका हुन् ?

यसपल्ट मैले सम्माननीय राष्ट्रपतिज्यू र उपराष्ट्रपतिज्यूसँग शिष्टाचार भेट गरें ।प्रधानमन्त्रीज्यूूसँग एक्लाएक्लै पनि र सरकारी तवरमा दुईपक्षीय औपचारिक वार्ता पनि गरेको छु । संयुक्त पत्रकार सम्मेलन पनि गरेको छु ।त्यहाँको व्यापारिक समुदाय र बुद्धिजीवी क्षेत्रसँग बृहत् छलफलमा पनि भाग लिएको छु। सञ्चारमाध्यमसँग कुरा गरेको छु । दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा खुला छलफल भएका छन् । ती सबै वार्तामा नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने कुरा आएका छन्।

नेपाल अहस्तक्षेपको नीतिप्रति प्रतिबद्ध छ, बाह्य हस्तक्षेप चाहँदैन, आफ्ना निर्णयहरु आफैं स्वतन्त्र ढंगले गर्न चाहन्छ भन्ने नेपाली भावना अत्यन्तै प्रखर रुपमा सबै भेटघाटमा आएबाट अब परिवर्तित सन्दर्भमा, एक्काइसौं शताब्दीको उचाइबाट, आजका आवश्यकताअनुसार नेपाल–भारत सम्बन्ध समानता, पारस्परिक लाभ, पारस्परिक सम्मानका आधारमा अगाडि बढ्छ भन्ने स्पष्ट भएको छ।जनताले दिएको अभिमत र जनताले गरेको फैसलाअनुसार बनेको संविधान कार्यान्वयनअन्तर्गत सम्पन्न निर्वाचनबाट बनेको सरकारप्रति अभिव्यक्त जनसमर्थनप्रति जुन आदरभाव भारतमा देखिएको छ, त्यसले मलाई लाग्छ– सबै कुरा स्पष्ट गरेको छ । हामीले प्रस्ट भन्दै आएका छौं– अहिले भारतका तर्फबाट यसअघिभन्दा बढी स्पष्ट ढंगले यस सम्बन्धमा बोलिएको छ ।
भारतको निजी क्षेत्रसँग तपाईंले गर्नुभएको अन्तरक्रियाबारे नयाँदिल्लीमा कस्तो प्रभाव परेको महसुस गर्नुभयो ?
हामी प्रबुद्ध समूहबाट कतिपय पुराना विषयहरुमा पुनरावलोकन गर्दैछौं । मन्त्रालय स्तरमा पनि कुरा गर्दछौं के कस्तो साझा संयन्त्र निर्माण गरेर विकासका काम अगाडि बढाउन सकिन्छ भनेर । हाम्रा प्रयास अब समृद्धितर्फ केन्द्रित छन्।

हामी समृद्ध नेपाल र सुखी नेपालीतर्फ केन्द्रित छौं । यस प्रसंगमा विभिन्न विचार आएका छन् । मुख्य कुरा तत्तपरता हो । भारतीय निजी क्षेत्र पनि नेपालमा लगानी गर्न तत्पर हुनुपर्छ । नेपालमा लगानीमैत्री वातावरण बनेको छ । लगानीका लागि उपयोगी र उपयुक्त वातावरण छ भन्ने कुरामा भारतको व्यापारिक समुदाय विश्वस्त छ । त्यो कुरा उहाँहरुले खुलस्त राख्नुभएको छ ।

अब यस विश्वास र उत्सुकतालाई कसरी कार्यान्वयन गर्ने भन्ने सोचका साथ तरिकाहरु हामी खोज्छौं र अवलम्बन गर्छौं । यद्यपि भारतको लगानी नेपालमा छ । अब त्यसलाई बढी प्रभावकारी ढंगले अगाडि बढाउँछौं । अब पुराना सहमति र सम्झौता शीघ्र कार्यान्वयनका निम्ति पनि ध्यान दिन्छौं । त्यो पनि हाम्रा प्राथमिकता हुनेछन् । तसर्थ अब निजी क्षेत्रसँग पनि समन्वय हुनेछ । मुख्य कुरा इच्छाशक्ति हो, विश्वास हो, अपेक्षा हो । ती कुराहरुलाई अब व्यावहारिक रुपमा साकार पार्नुपर्छ।
भ्रमणका क्रममा भारतीय पक्षको कुरा सुनिसकेपछि दक्षिण एसियामा सहयोग आदानप्रदानका विषयमा तपार्इंको राय के छ ?
क्षेत्रीय, उपक्षेत्रीय संगठनहरुका सन्दर्भमा हामी छलफल गरिरहेका छौं । बिमस्टेकका सम्बन्ध र विविध आयामका सम्बन्धमा भारतको बढी तत्परता र उत्साह देखिएको छ । अरु विषयहरुमा हामी पारस्परिक छलफल गरिराखेका छौं  । क्षेत्रीय स्तरमा पनि छलफल गर्नुपर्छ र छलफलबाट अघि बढ्नुपर्छ भन्ने हामी ठान्दछौं ।
तपाईंले भन्ने गर्नुभएको एक्काइसौं शताब्दीको नेपाल—भारत सम्बन्धको आधार के हो ?
यस भ्रमणका क्रममा मैले एक्काइसौं शताब्दीमा हामी हाम्रा छिमेकीहरुसँग, भारतसँग र बाँकी दुनियाँसँग कसरी सम्बन्ध राख्न चाहन्छौं भन्ने प्रस्ट बताएँ । उहाँहरुले त्यसलाई नेतृत्व तहदेखि नै सकारकात्मक ढंगले ग्रहण गर्नुभयो, स्वागत गर्नुभयो । त्यसै कारण हाम्रो भ्रमण कुनै बनावटी र देखावटी कुराहरुमा हैन, यथार्थमा उपलब्धिपूर्ण ढंगले अगाडि बढ्यो भन्ने कुरा यहाँहरुले अनुभव गर्नुभयो भन्ने मलाई लागेको छ।

यसपटक नेपालको लोकतान्त्रिक प्रक्रिया जसरी अगाडि बढ्यो, प्रणाली जसरी सुदृढ भयो र जनताको अभिमत जसरी आयो म त्यसलाई बोकेर भारत भ्रमणमा निस्किएको थिएँ। त्यसलाई भारतले स्वागत गर्‍यो । भारतमा रहँदा हरेक अवसरमा मैले नेपाली जनताको अभिव्यक्ति र भावनाको प्रतिनिधित्व गरें । यसक्रममा केही नयाँ कुराहरु आएका छन् । काठमाडौं–रक्सौल रेल वेका कुरा आएको छ । नदीहरुबाट हामीले आवागमन र यातायातको प्रबन्ध सकेसम्म छिटै मिलाउने कुरा आएको छ।

त्यसमा तपाईंहरुले प्रत्यक्ष पनि मोदीजीको आफ्नै अभिव्यक्ति सुन्नु भएको छ । कृषिप्रधान हाम्रो देशमा ६६ प्रतिशत नेपाली कृषिमा आधारित छौं । तर कृषिको योगदान कम छ । कृषिलाई आधुनिकीकरण गर्ने सम्बन्धमा पनि महत्वपूर्ण छलफल, सहमति र समझदारी भएका छन् । तिनलाई व्यावहारिक रुपमा कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा कुरा अगाडि बढेका छन् । अब पुराना कतिपय कुराहरु जस्तै– सीमा सम्बन्धीविवाद अथवा डुबान समस्याका सम्बन्धमा हामीले गम्भीरताका साथ कुरा उठाएका छौं ।

डुबान समस्याको प्रसंग संयुक्त वक्तव्यमा पनि आएकै छ । सकेसम्म छिटो डुबान अन्त्य गर्ने गरी कसरी हामी समाधान गर्न सक्छौं भन्नेतिर । त्यसै गरेर टनकपुर पञ्चेश्वर परियोजनाका सम्बन्धमा, टनकपुरमा १.३ किलोमिटर बाटो नबनेको, काम नभएको जस्ता कुराहरुमा हामीले ध्यान आकर्षित गरेका छौं । र, उहाँहरुले छिटै काम अगाडि बढाउने भनेर म दिल्लीमा हुँदाहुँदै तलतिर निर्देशन जारी गरिसक्नुभएको छ।

कतिवटा कुरा देखाउनका लागि अथवा उठायौं भन्नका लागि हैन, हामी समस्याहरु समाधान गर्न चाहन्छौं । ती समस्या संवादका माध्यमबाट समाधान गर्न चाहन्छौं । संवाद विभिन्न पक्षमा हुन सक्छन् । एक ढंगले भन्दा सम्बन्धका विभिन्न पक्ष हुन्छन्, जहाँँ छलफल र निष्कर्ष आवश्यक छ । ती ठाउँहरुमा, ती सन्दर्भहरुमा हामीले कुरा गरेका छौं । सीमापार अपराध र मानव बेचबिखनलगायतका विषयमा पनि कुरा गरेका छौं ।
तपाईंको भारत भ्रमण सफल भयो भनेर सम्पूर्ण नेपालीलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
म सबै नेपालीलाई आश्वस्त पार्न चाहन्छु । तमाम कुराहरु उठेका छन् । सकारात्मक थालनी भएको छ । जुन कुराहरु लिखत रुपमा आएका छ्न, त्यसलाई हामीले त्यसै गरी अगाडि बढाएका छौं । जुन कुरा लिखित रुपमा आउन बाँकी छ, त्यसलाई उछाल्ने हैन समाधान गर्नेतिर गम्भीर वार्तामा लागेका छौं।

अबको बाटो गम्भीर वार्तातिरको हुनुपर्छ । हामी सकारात्मक ढंगले अगाडि बढाउँछौं । बिगार्न हुँदैन अब सम्बन्धहरुलाई । त्यस कारण सकारात्मक ढंगले पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध अगाडि बढ्नुपर्छ र बढ्छ।

– नागरिक दैनिकबाट

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    भारत INDIA ले प्रधानमन्त्री केपि ओलीजीको छिमेकी मित्र राष्ट्र चीन भ्रमणलाई रद्द गरी दिएसी”भारत INDIAसंगको नेपालको सम्बन्ध बिगार्नु हुंदैन भनी एकोहोरो रट लगाउन थालेछन् हँ?

    Comment Author

    Shyam Fayal

    Aafai dhami, aafai rogi bhanne ukhan sanga mel khanxa. Yi mahasayako kriyakalap.

    Comment Author

    Hari Bahadur BC

    सम्बन्ध बिगार्ने पक्ष भनेको तराई मधेसका नेता हुन् जनता होइनन् यो ध्रुव सत्य कुरा हो ? यसमाने मा नेपाली जनता सचेत हुनु आवश्यक छ ? यो समस्या को हल हुने उपाए भनेको तराईमधेस लोकतान्त्रिक पार्टीका नेता हरुलाई power मा पुराई राखनु न्यायोचित वितरण को कोटामा राखनु पर्ने हुन्छ नत्र यसले उग्र रूप लियो भने त यति सम्म को परिस्थिति आउनसक्छ की सिमानामा पर्खाल बनाएर राखनु पर्ने हुन्छ र राहदानी बोकेर हिड्नु पर्ने हुन्छ , भविष्य मा यो भएरै छोड्छ ?

    Comment Author

    Tek Raj Ojha

    xori kti buhaari tarasaauna na khojanuholaa ni

    Comment Author

    Anchal Kumar Rai

    कथित् बिग्रीएको सम्बन्ध, कथित् सुदृढ़ ।

    Comment Author

    Ram S. Thapa

    अब पनि मात्र बोली रहने कि केही गरेर देखाउने..?

    Comment Author

    Hemraj Pandey

    Balla thaha vayo

    Comment Author

    Ramesh Bhujel

    Khoita oli g chin sita milera bikash garne kura k vo

    Comment Author

    Lalhang Tamang

    good bharat.bhraman

    Comment Author

    Ramesh Bhujel

    Aba dherai bolne matra kaam nagarau hai

    Comment Author

    Basudev Adhikari

    भाषण होईन अब काम गर पानिजहाज रेल भन्दा नेपालीका दैनिक सररोकारभो बिषयमा खोई काम ।प्रदेस सरकार पनि आफ्नै सेवा रसुबिधा कसरी बडाएर खाने चन्नेमै ब्यस्त धन्य नेता हो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?