जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
सारांश
- जापान नेपालीको रोजाईको मुलुक हो ।
- यही जापान नेपालीका लागि वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्ने तयारीमा रहेको छ ।
- नेपाली कामदार पठाउनका लागि अहिले नेपाल सरकारले जापान सरकारसँग आन्तरिक छलफल गरिरहेको छ ।
जापान नेपालीको रोजाईको मुलुक हो । यही जापान नेपालीका लागि वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्ने तयारीमा रहेको छ । नेपाली कामदार पठाउनका लागि अहिले नेपाल सरकारले जापान सरकारसँग आन्तरिक छलफल गरिरहेको छ ।
कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात देशका श्रमिक भित्राउने निर्णय गर्दा नेपालको नाम समेत समावेश गरेका छ । त्यसैले धेरैभन्दा धेरै नेपाली कामदान पठाउन गृहकार्यको तयारी तिव्रताका साथ भइरहेको छ ।
आफ्नो देशमा बढिरहेको कामदार अभाव हटाउन विदेशी श्रमिक ल्याउने योजना अनुरुप जापान सरकारले मंगोलिया र नेपालको नाम पनि सूचिकरण गर्ने प्रस्ताव गरेको छ । अर्को हप्ता जापानको संसदबाट उक्त प्रस्ताव पारित भएपछि नेपालले रोजगारीको नयाँ गन्तव्य पाउन सक्ने ठानिएको छ ।
नेपाली कामदार लैजाने छलफलका लागि जापानबाट प्रतिनिधि मण्डल नै आउने तयारी समेत भइरहेको छ ।
जापानले कृषि, स्वास्थ्य सेवा, निर्माण, स्याहारसुसार, सवारी जस्ता क्षेत्रमा झन्डै साढे तीन लाख विदेशी कामदार भित्राउने लक्ष्य राखेको बुझिएको छ । जापान आउनका लागि कामदारहरूले भाषा परीक्षा र सीप परीक्षा उतिर्ण गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड तोकेको बताइएको छ ।
प्रतिक्रिया