आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
१६ पटक हेरिएको
Shares
आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै

सारांश

  • एप्पलले २०२२ को आफ्नो पहिलो कार्यक्रम मार्च ८ अर्थात् मंगलबार आयोजना गर्दैछ ।
  • यस पटक एप्पलले आफ्नो अहिलेसम्मकै सस्तो फोन सार्वजनिक गर्ने चर्चा बजारमा निकै चलेको छ ।
  • त्यसैले पनि यस पटकको मार्चमा एप्पलले गर्ने कार्यक्रमप्रति विश्वव्यापी चासो रहेको छ ।

एप्पलले २०२२ को आफ्नो पहिलो कार्यक्रम मार्च ८ अर्थात् मंगलबार आयोजना गर्दैछ । यस पटक एप्पलले आफ्नो अहिलेसम्मकै सस्तो फोन सार्वजनिक गर्ने चर्चा बजारमा निकै चलेको छ । त्यसैले पनि यस पटकको मार्चमा एप्पलले गर्ने कार्यक्रमप्रति विश्वव्यापी चासो रहेको छ ।

 एप्पलले भने यसबारे केही खुलाएको छैन । हालै सञ्चारमाध्यममा फैलिएको एक समाचारलाई आधार मान्ने हो भने यो फोनको मूल्य ३०० डलरबार सुरू हुनेछ । विश्लेषक जोन डोनोभानले नयाँ आईफोन एसई थ्री ३०० डलर (करिब ३५,९०० रुपैयाँ) मूल्यका साथमा सार्वजनिक हुने संकेत गरेका छन्, जुन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईभन्दा पनि निकै सस्तो हाे ।

यस वर्षको एप्पलको पहिलो इभेन्टमा आईफोन एसई थ्री, नयाँ आईप्याड एयर र एप्पलको नयाँ सिलिकन म्याक पनि सार्वजनिक हुने बताइएको छ । यस वर्ष सार्वजनिक हुने आईफोन एसई र सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईबीच धेरै भिन्नता नहुने बताइएको छ । आईफोन एसई आईफोन एटपछि सार्वजनिक गरिएको फोन हो ।

जसमा ४.७ इन्चको एलसीडी डिस्प्ले, धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचरहरू रहेका छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध हुनेछैन । ए १५ चिपमा आधारित हुने यो फोन ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोन एप्पलको अहिले सम्मकै सस्तो फोन हुने बताइएको छ ।

मार्च ८ इभेन्टको अर्को आकर्षण हुनेछ, आईप्याड एयरको नयाँ भर्सन । आईफोन एसईमा जस्तै यसको डिजाइनमा केही नयाँ परिवर्तन भने हुनेछैन । तर यो नयाँ रङ्गहरूमा सार्वजनिक हुने अनुमान छ । एप्पलले आईप्याड एयरलाई पनि ए१५ चिपमा अपग्रेड गर्दैछ । साथै यसमा फाइभजी नेटवर्कको सपोर्ट दिइएको छ । यसको मूल्य ५९९ अमेरिकी डलर हुने अनुमान छ ।

एम १ चिप सहित यस पटक एप्पलले म्याकको मिनी भर्सन पनि सार्वजनिक गर्ने बताइएको छ । म्याक मिनीमा एम १ प्रो र एम१ म्याक्स चिप प्रयोग गरिने बताइएको छ । जसमा १० कोर सीपीयू, आठ हाई पावर कोर र दुई हाइ इफिसियन्सी कोरहरू उपलब्ध हुनेछन् । प्रो चिपले ३२ जीबीसम्मको ¥याम सपोर्ट गर्छ भने एम१ म्याक्सले ६४ जीबी सम्मको ¥याम सपोर्ट गर्न सक्छ । यो पटकको म्याक मिनी नयाँ रङ्ग र नयाँ डिजाइनमा उपलब्ध हुने बताइएको छ ।

बजारमा चलिरहेका चर्चा अनुसार यस पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोको अपडेटेड भर्सन पनि सार्वजनिक गर्दैछ । यसमा एप्पलले एम २ चिप प्रयोग गर्ने बताइए पनि अहिलेसम्म यस विषयमा कुनै निश्चित कुरा भने बाहिरिसकेको छैन । यो पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोमा १२० हर्जको रिफ्रेश रेट उपलब्ध गराउने पनि बताइएको छ । यद्यपि यस विषयमा धेरै जानकारी भने बाहिरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?