बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति

सारांश

  • १७ मंसिर, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् ।
  • चितवन ३ का उम्मेदवार समेत रहेका प्रचण्डले आइतबार माढीमा चुनावी सभा गरेका थिए ।

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् ।

चितवन ३ का उम्मेदवार समेत रहेका प्रचण्डले आइतबार माढीमा चुनावी सभा गरेका थिए । त्यसअघि बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच तीनबुँदे सहमति भएको छ ।

सहमतिमा प्रचण्डले बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रमि परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै घाइतेहरुकालाई अवस्था हेरी उपचार खर्च, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति दिने सहमति छ । घटना भएदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा वरेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना माढी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि भएको छ ।

बाँदरमुढेमा १० विगाह क्षेत्रफलमा स्मारक, नमुना संग्राहलय तथा चिडियाघर निर्माढा गर्ने र माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरुबीच भएको छ । सहमतिपत्रमा प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरोले हस्ताक्षर समेत गरेका छन् ।

यस्तो छ सहमति पत्रमा

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Netra Ghimire

    ४२ लास सँग संझाैता।

    Comment Author

    Rameshwar Lal Shrestha

    Sahamat matrai ho .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?