भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ४, २०७७
|
|
४४ पटक हेरिएको
Shares
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित

सारांश

  • ४ साउन : भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
  • योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
  • विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

४ साउन : भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।-एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
अमेरिका र भारतको चुनाव सार्न दवाव
अमेरिका र भारतको चुनाव सार्न दवाव
अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने
अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ