आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…

सारांश

  • काठमाडौं, पुस ३० ।
  •   के के सुन्नुपर्छ यो संसारमा ?
  • यस्तै भन्नुपर्ने भएको छ भारतीय मूलका एकजना युवकलाई भएको सजाय सुन्दा ।

काठमाडौं, पुस ३० ।  के के सुन्नुपर्छ यो संसारमा ? यस्तै भन्नुपर्ने भएको छ भारतीय मूलका एकजना युवकलाई भएको सजाय सुन्दा ।

बेलायतको एउटा अदालतले भारतीय मूलका एकजना युवालाई आठ वर्षको जेल सजाय सुनाएको छ । ती युवकको आरोप सामान्य छैन । उनीमाथि आफ्नै बुवाको हत्या गर्न विष्फोटक सामग्री किनेको आरोप लागेको थियो ।

गुरतेज सिंह रन्धवा नाम गरेका यी युवकको प्रेम सम्बन्धलाई उनका बुवाले अनुमति नदिएपछि उनले हत्याको योजना बनाएका थिए ।

ब्रिटेनको राष्ट्रिय अपराध एजेन्सीका अधिकारीहरुले गत वर्ष मे महिनामा गुरतेज सिंह रन्धवालाई गिरफ्तार गरेका थिए । गुरतेजले एउटा बमको अर्डर गरेका थिए । तर अधिकारीहरुले बम उनीसम्म आइपुग्न अगाडि नै त्यसलाई कृत्रिम (डमी) उपकरणमा परिवर्तन गरेका थिए ।

बर्मिन्घम क्राउन कोर्टमा सुनुवाईपछि गुरतेजलाई अरुको जीवनलाई संकटमा पार्ने तथा गम्भीर ढंगले घाइते बनाउने प्रयास गरेको दोषी ठहर गरेको छ ।

अदालतले गत शुक्रबार सजाय सुनाएको थियो । “प्रेमिकासँग बस्न चाहने र विश्वविद्यालयमा पढाई गर्न खोज्ने उद्देश्यले यो अपराध गरेकोमा मलाई कुनै शंका छैन ।” न्यायाधिश चीमा ग्रबले फैसलामा भनेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन
हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन
जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..
जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु