मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

सारांश

  • पोखरा ।
  •  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ ।
  • मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।

उनको मंगलबार बिहान स्वाब संकलन गरिएकोमा साँझ आएको रिपोर्टमा पोजेटिभ पुष्टि भएको हो । मुख्यमन्त्री कार्यालय अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?