भारतीय नागरिक, नेपालका सांसद! सुरेशचन्द्र दास

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
१०
|
३० पटक हेरिएको
Shares
भारतीय नागरिक, नेपालका सांसद! सुरेशचन्द्र दास

सारांश

  • काठमाडौं, ५ फागुन – नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।
  • भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।
  •  आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेल र भुवन शर्माले खबर लेखेका छन् ।

काठमाडौं, ५ फागुन – नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेल र भुवन शर्माले खबर लेखेका छन् ।

नागरिक पत्रिकालाई प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन मा भेटिन्छ ।दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’  छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ । भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ ।

दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । उनको मतदाता क्रमांक १०१ छ ।माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं.२ मा नाम छ । उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो । निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ । सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो ।

‘भारतको बिहार राज्यको दरभंगामा मेरो घर छ । अहिले घर भाडामा लगाएको छु । त्यहाँ राजनीतिक दल र शिक्षकहरूले मतदाताको नाम संकलन गरी टिपाउने गर्छन् । उनीहरूले नै मेरो नाम टिपाएका होलान् र भारतीय निर्वाचन आयोगले सोहीअनुसार मतदाता सूचीमा मेरो नाम राखेको होला,’ भारतीय मतदाता सूचीमा नाम रहेछ नि भनी नागरिकले राखेको जिज्ञासामा दासले भने, ‘मतदाता सूची भनेको नागरिकता होइन । त्यहाँ नातेदार छन्, उनीहरूले पनि नाम टिपाएको हुनसक्छ ।’दासले उनी नेपाली नागरिक भएको दाबी गर्दै शंका नगर्न आग्रह गरे । वंशजका आधारमा आपूmले नेपाली नागरिकता लिएको उनले बताए । अप्ठेरो पर्दा भारतलाई सेल्टरका रूपमा प्रयोग गरेको उनले जनाए ।

दास यसअघि २०४८ र २०५१ सालमा दुईपटक सांसद भइसकेका छन् । उनी २०४८ र २०५१ मा नेपाली कांग्रेसबाट तत्कालीन सिरहा निर्वाचन क्षेत्र ३ बाट विजयी भएका थिए । २०४८ को निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएका थिए । २०५१ को मध्यावधि  निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकार ९ महिनामा ढलेपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिए ।

दासका पिता र काका पनि पूर्वसांसद हुन् । उनका पिता र काकाले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट निर्वाचन जितेका थिए । दुवै नेपाली कांग्रेसबाट विजयी भएका थिए । २०१५ सालमा दासका पिता देवनाथले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । उनका काका सूर्यनाथ दास यादव २०१५ सालको निर्वाचनपछि बिपी कोइराला नेतृत्वको मन्त्रिमण्डलका सदस्य थिए ।
दासका अनुसार २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई ‘कू’ गरेपछि उनका पिता भारत निर्वासनमा गएका थिए ।

पिताले बिहारको दरभंगामा जग्गा किनेर घर बनाएका थिए । २०२५ सालमा पिताको मृत्यु भएपछि २०३२ सालमा दास पुनः नेपाल फर्केका थिए । त्यसपछ उनी नेपालको राजनीतिमा सक्रिय छन् । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि माओवादीले उनलाई सिरहा निर्वाचन क्षेत्र नं.२ बाट उम्मेददार बनाएको थियो । दासले नेपाली नागरिकताको प्रमाणपत्र २०४४ चैत २९ गते लिएका हुन् । उनको नागरिकता नम्बर ०३२३४४४३-२९२७ छ ।नाम त अरुले टिपाए होलान्, तर भारतीय निर्वाचन आयोगले फोटो कसरी प्राप्त ग¥यो भनी सोधिएको प्रश्नमा दासले अकमकाउँदै भने, ‘नातेदार छन्, उनीहरूले दिए कि ?’ उनले भारतको दरभंगामा पुख्र्यौली घर रहेको बताए ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Ananda Bajracharya

    प्रदेश नं.मा एक दिन लालु यादब मुख्य मन्त्री बन्छ।

    Comment Author

    Ananda Bajracharya

    प्रदेश नं.मा एक दिन लालु यादब मुख्य मन्त्री बन्छ।

    Comment Author

    Ram Ram

    xanbana garnuho la Nepalko Nagri t lae paray thamika deenu ho,s

    Comment Author

    Dhurba Dhurba

    नेपाली नेता हरु नभयर हाेलानि हेेनर?

    Comment Author

    Chauhan Benu

    ।अब हामी युवाले सु

    Comment Author

    बी. पी. लामिछाने

    नेपाली बन्न सजिलो छ। स्वागत छ भारतीय भएपनि नेपालको सांसद भएर हाम्रो देश नेपाल को ऐन कानून बनाएर नेपाली लाइ सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको मा।लाज मानेर भएन। हाम्रो देश को माया गर्छु भने पछि। लामो संघर्षपछि प्राप्त गरेको लोकतन्त्र स्थापना गरिएको हो।

    Comment Author

    Yadav Ganga

    Yo chunab ma wada yadhyadhax dekhi pm Sam check jach garyo bhane 100 45 yota bidesi nagrik nai hunchh t yeuta Ko kura kin gareko

    Comment Author

    Tiljapun Magar

    नेपाली नेता नभएर होला बिहारी ल्याएको

    Comment Author

    Lal Singh Lal Singh

    येसको काम छैन नेपाल मा भारतिया दलाल हो यो

    Comment Author

    Khagendra Joshi

    Dhoti lai shangshat nepali uba khadi tira k ho chhal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा  घरेलु हतियार प्रहारबाट छ जना घाइते, तीन बेपत्ता
बाजुरामा घरेलु हतियार प्रहारबाट छ जना घाइते, तीन बेपत्ता
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
झुक्काउलान है नक्कली डिएसपीले !
झुक्काउलान है नक्कली डिएसपीले !
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
जवानीको तिर्खा (भिडियो सहित)
जवानीको तिर्खा (भिडियो सहित)
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
स्थानीय तहको मतपरिणाम अनुसार सिट बाँडफाँडः शशांक
स्थानीय तहको मतपरिणाम अनुसार सिट बाँडफाँडः शशांक

तपाईंले छुटाउनुभयो कि?