यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
सारांश
- काठमाडौँ ।
- यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई तानेर र चाहिने भन्दा बढी पैसा लिएर हैरान बनाउने ८ जना विचौलियालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
- प्रहरीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
काठमाडौँ । यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई तानेर र चाहिने भन्दा बढी पैसा लिएर हैरान बनाउने ८ जना विचौलियालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
प्रहरीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
विचौलियाहरुले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जाने बाटोमै रोकिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया