उमेर हद हटाउन प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
उमेर हद हटाउन प्रस्ताव

सारांश

  • काठमाडौँ, २६ भदौ ।
  • नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ ।
  • नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ, २६ भदौ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ ।नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीसहितको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका विषयलाई समेटेर सबैसँग आवश्यक समन्वय गरी सङ्घको संशोधित विधान र नियमावली यही भदौ २७ गते पार्टीलाई बुझाउने भएको छ ।

नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि अगामी असोज ६ गते देशभरका माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन तथा आगामी असोज २१ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने समय तालिका बनाएको छ । यस्तै असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातवटै प्रदेशको अधिवेशन र कात्तिक १६ गते केन्द्रीय महाधिवेशन गर्ने समय तालिका सार्वजनिक गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्नका लागि आफू लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।
नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो
करार कर्मचारीको खल्तीमा १९ लाख  !
करार कर्मचारीको खल्तीमा १९ लाख !