ठगी गर्ने गिरोह सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
४८ पटक हेरिएको
Shares
ठगी गर्ने गिरोह सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

काठमाडौं । वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् । उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको र त्यसबापत उनीहरुले प्रतिमृतक रु सात लाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे ।

यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरुको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले रु १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा रु १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था छ । उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

PM Oli says no agreement on military exercise under leadership of any country
PM Oli says no agreement on military exercise under leadership of any country
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट
चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार