भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
सारांश
- एजेन्सी।
- अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदा प्रमुख अलमन–अल–जवाहिरीले कश्मिरको विषयलाई लिएर धम्की दिएका छन्।
- एउटा भिडियो जारी गर्दै जवाहिरीले कश्मिरमा शसस्त्र विद्रोह गरिरका संगठनलाई जिहादी–मुजाहिद्दीन भनेर सम्वोधन गरेका छन्।
एजेन्सी। अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदा प्रमुख अलमन–अल–जवाहिरीले कश्मिरको विषयलाई लिएर धम्की दिएका छन्। एउटा भिडियो जारी गर्दै जवाहिरीले कश्मिरमा शसस्त्र विद्रोह गरिरका संगठनलाई जिहादी–मुजाहिद्दीन भनेर सम्वोधन गरेका छन्। ‘कश्मिरमा संघर्ष गरिरहेका जिहादीहरुले पाकिस्तानका एजेन्सीको चंगुलबाट स्वतन्त्र हुनुपर्छ।
मुजाहिद्दीनले आफ्नै प्रकारको नीति बनाउनुपर्छ।’ भिडियोमा जवाहिरीले अल्लाहको नाम लिँदै आतंंकवादलाई बढाउन दिन उक्साएका छन्। भिडियोमा जवाहिरीले दाहिनेतर्फ एउटा राइफल र बायाँतर्फ कुरान राखेका छन्। भिडियोमा जवाहिरीले भनेका छन्–अब हामी हाम्रो दिमाग एक पटक भारतीय सेना र सरकार विरुद्ध युद्ध गर्नका लागि प्रयोग गर्नुपर्छ।
यसले भारतीय अर्थ व्यवस्था तहन नहस हुन्छ र भारतलाई लगातार नोक्सान हुन्छ।’ यो भिडियोमा आतंकवादी जाकिर मुसाको पनि फोटो देखिन्छ। भिडियोमा आतंकवादी संगठन अलकाइदा कश्मिरमा भारतीय सुरक्षाकर्मी विरुद्ध जेहाद छेड्नकालागि विशेष समूह बनाउने कोशिकमा लागेको हुन सक्ने भारतय संचारमाध्यमले जनाएका छन्।
विशेषज्ञहरुका अनुसार यो भिडियोबाट अल कायदा प्रमुख कश्मिरमा रहेका आतंकवादीको समर्थन लिन चाहन्छन्। भिडियोमा जवाहिरीले पाकिस्तानको पनि आलोचना गरेका छन्। जवाहिरीले पाकिस्तान र उसको सेनालाई ‘अमेरिकाको चाप्लुसी’ भएको टिप्पणी गरेका छन्
प्रतिक्रिया