जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
४० पटक हेरिएको
Shares
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।

सारांश

  • दिपक पराजुली,हेटौडा,२६,असोज ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले आउदै गरेको बडा दशैं ,तिहार र छठलाइ लक्षित गरि आफ्नो १३ बुदे बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।
  • जस अन्तर्गत जिल्ला प्रहरीमा कमाण्ड पोस्ट राख्नुका अतिरिक्त जिल्ला वा मातहत प्रहरी एकाइबाट कुनै पनि घटना हुनासाथ परिचालन हुन सक्नेगरी १२ वटा Quick Response team (QRT)मोटर साइकल र पिकअप भ्यानमा तयारी अवस्थामा राख्ने बताइएको छ।

दिपक पराजुली,हेटौडा,२६,असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आउदै गरेको बडा दशैं ,तिहार र छठलाइ लक्षित गरि आफ्नो १३ बुदे बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत जिल्ला प्रहरीमा कमाण्ड पोस्ट राख्नुका अतिरिक्त जिल्ला वा मातहत प्रहरी एकाइबाट कुनै पनि घटना हुनासाथ परिचालन हुन सक्नेगरी १२ वटा Quick Response team (QRT)मोटर साइकल र पिकअप भ्यानमा तयारी अवस्थामा राख्ने बताइएको छ।जिल्ला वा मातहात इकाइहरुबाट १० वटा मोबाइल गाडी परिचालन गर्नुका साथै मोटरसाइकल गस्ती र सूचना संकलन र अपराध नियन्त्रणको लागि पैदल गस्ती समेत गर्ने बताइएको छ।

बिभिन्न ३२ स्थानहरुमा पिकेट ड्युटी खटाइनुका साथै लोक्मार्ग तथा भित्रि मार्गमा खालि नहुने गरि बिभिन्न १६ एरियामा २४ नै घण्टा ट्राफिक सहितको संयुक्त प्रहरी टोलीले चेकिङ्ग गर्ने बताइएको छ। रातको समयमा राजमार्ग र लोकमार्गमा हुने डकैति र लुटपाटलाइ मध्यनजर राखी सार्वजिनक बसमा नै हतियार सहितको टोलिले लोथर देखि चुरियामाई सम्म पेट्रोलिंग गर्नुका साथै ग्रामिण क्षेत्र र बस्तीहरुमा समेत चोरी डकैति हुन् नदिन बिशेष निगरानी बढाईने बताइएको छ। आपराधिक सुचना संकलन ,गैर कानुनी गतिबिधि ,संकास्पद व्यक्तिको निगरानी गर्नको लागी जिल्लाभर सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै आर्थिक कारोवार हुने बैंक तथा वित्तीय संस्था ,सरकारी निकाय र ,सुनचादी पसलहरुको सुरक्षार्थ १५ एरियामा प्रहरी परिचालन गर्ने बताइएको छ।

जुवा तास लंगुरबुर्जा खेलाउने तथा पटाका विस्फोटक पदार्थ पड्काउनेलाइ नियन्त्रण गर्न बिशेष टोली नै तैनाथ गर्नुका साथै सवारी दुर्घटना र आगलागी जस्ता प्रकोपका घटनामा तत्काल प्रहरी परिचालन गर्ने गरि तयारि अवस्थामा राख्ने बताइएको छ। यसरी जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्नको लागि ६८२ प्रहरी परिचालित हुने र यसको लागि सर्वसाधारणबाट पनि सहयोगको उत्तिकै अपेक्षा गरिएको जिल्ला प्रहरी प्रमुख बुद्दिराज गुरुंगले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?