ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
१८ पटक हेरिएको
Shares
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

सारांश

  • काठमाडौँ ।
  • खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन् ।
  • गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन् ।

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन् । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले गए राति नै उक्त अस्पताल पुगेर नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?