त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !

सारांश

  • काठमाडौँ, १८ साउन ।
  • प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरे ।
  • सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ ।

काठमाडौँ, १८ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरे । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस्पताल निर्माण भएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा रहने उक्त अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुनेछ । अस्पतालमा पहिलो चरणमा बाल चिकित्सा, दन्त चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुनेछ ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले ऐतिहासिक सम्पदाका रुपमा रहेको उक्त अस्पतालको पुरानो स्वरुपमै अत्याधुनिक सुविधा सम्पन्न तीनतलाको नयाँ भवन निर्माण गरिएको जानकारी दिए। उनले भने, “भवनको ऐतिहासिक महत्वलाई कायम गरिएको छ, छाउनी अस्पतालमा बिरामीको चापलाई घटाइएको छ, हिताधिकारीलाई राजधानीको केन्द्रभागबाटै सर्वसुलभ ढंगबाट औषधि उपचार सेवा उपलब्ध भएको छ, भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
दबावमा गृहमन्त्री थापा
सिंगो स्थानीय सरकारमा एक दल !
सिंगो स्थानीय सरकारमा एक दल !
मन्त्रिपरिषद् बैठक सुरु,  यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
मन्त्रिपरिषद् बैठक सुरु, यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्
नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्