भारत सरकारले अनुमति नदिँदा महाकालीमा पल बन्न सकेन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
भारत सरकारले अनुमति नदिँदा महाकालीमा पल बन्न सकेन !

सारांश

  • बैतडी, १५ साउन ।
  • भारत सरकारले अनुमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन ।
  • पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष वितिसक्दासमेत भारतले सहमति दिएको छैन ।

बैतडी, १५ साउन । भारत सरकारले अनुमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन । पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष वितिसक्दासमेत भारतले सहमति दिएको छैन । पुल निर्माण नभएपछि अहिले तल्लोस्वराड क्षेत्रका बासिन्दा दैनिक सास्ती खेप्दै आएका छन् । भारतीय बजार आवतजावत गर्न डुंगाको जोखिमपूर्ण यात्रा गर्नु परिरहेको स्थानीयवासी वीरेन्द्र महताले बताए । “डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशामा थियौँ, भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुंगे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीनवटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पञ्चेश्वरमा बन्ने पुलका लागि अहिलेसम्म सहमति नपाएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, “पूल नबन्दा यहाँका बासिन्दा निकै मारमा छन् ।”

दार्चुलाको लालीमा झोलुंगे पुल निर्माण भइसकेको छ भने तिग्रममा पुल निर्माण जारी छ । पुल निर्माणको काम शुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिले जनाएको छ । रु एक करोड ३३ लाख लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका विषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसँग छलफल भएपनि निर्माण अघि बढ्न नकसेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।

“पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पुल निर्माण हुन लागेको भन्दै भारतले सहमति नदिएको जानकारीमा आएको छ,” उनले भने । अहिले पुल निर्माण गर्ने भनेर तोकिएको ठाउँभन्दा ३०० मिटर तल सर्वे गरेर सहमतिका लागि भारत सरकारलाई कागजात पठाइएको उनी बताउँछन् । जिल्लाको तल्लोसोराडका बासिन्दा महाकालीमा पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक वर्ष वर्षात्मा जोखिम मोलेर महाकाली नदी तर्न बाध्य रहेका स्थानीयवासी मोहन चन्द बताउँछन् । शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका महाकाली किनारसँग जोडिएका बस्तीका बासिन्दा बढी प्रभावित छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Chhetri

    Mahakali pul ko lagi ni india kina anumati

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा  : सिआइबी
मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
गोरखामा बाबुराम पछि परे, कति–कति मत ?
गोरखामा बाबुराम पछि परे, कति–कति मत ?
आज विश्व गैँडा दिवस ः गैँडा संरक्षणबारे अन्तरक्रिया
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
पत्रकारले गरे नयाँ कानुन संशोधनको माग
पत्रकारले गरे नयाँ कानुन संशोधनको माग
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो