चिन्नुस डा. गोविन्द केसीको समर्थक र विरोधीलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
१६ पटक हेरिएको
Shares
चिन्नुस डा. गोविन्द केसीको समर्थक र विरोधीलाई

सारांश

  • माघ १७, काठमाण्डौ ।
  • राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भएर ऐन बनिसकेको छ ।
  •  भलै औपचारिकताका लागि राष्ट्रपतिले प्रमाणिकरण गर्न बाँकी छ ।

माघ १७, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भएर ऐन बनिसकेको छ । भलै औपचारिकताका लागि राष्ट्रपतिले प्रमाणिकरण गर्न बाँकी छ । त्यो पनि होला अनि कार्यान्वयनमा आउनेछ ।

डा. गोविन्द केसीको अनसन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच सरकारले बहुमतको बलमा विधेयक पारित गरेपछि समस्या थप जटिल बन्दै गएको छ ।

केसी र कांग्रेससहित अन्य दल र संघ संस्थाले पनि विधेयकलाई डा. केसीसँग गरेको सम्झौताबमोजिम संशोधन गरेर मात्रै ऐन बनाउनुपर्ने माग गरेका थिए ।

आफूसँग भएको सम्झौताविपरित सरकारले जबजरस्ती विधेयक संसदमा पेश गर्ने संकेतपाएदेखि नै अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

आज मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले डा केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन् । २३ दिनदेखि अनशनरत डाक्टर केसीलाई देउवाले सरकारले माग पुरा गरेन भनेर ज्यान नफाल्नस्समेत आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले डाक्टर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि आफ्नो जीवनरक्षा गर्न आग्रह गरेका हुन् । राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विेधेयक पारित भए लगत्तै देउवालगायत काँग्रेस नेताहरु केसीको अनशनस्थल शिक्षण अस्पताल पुगेका थिए ।

यता नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ ।

चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।

डा. केसीको पक्षमा सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी पनि देखिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

त्यसैगरी विवकेशील साझा पार्टी र विवेकशील पार्टीले पनि केसीको समगर्थन गर्दै आएको छ ।

कांग्रेस निकट भातृसंगठनहरु नेपाल विद्यार्थी संगठन, तरुण दल लगायतले पनि केसकिो समर्थन र सरकारको विरुद्धमा प्रदर्शनहरु गरिरहेका छन् ।

पूर्व प्रधानन्यायधीश सुशीला कार्की लगायत नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू पनि केसीको पक्षमा छन् ।

केसीसँग रुष्ट
यसपटकको अनसनमा केसीले द्धन्द्धकालका घटना र निर्मला प्रकरण पनि जोडेपछि कतिपय भने रुष्ट छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि लड्दै आएका केसीले राजनीतिक मुद्धा पनि बोकेपछि उनको आलोचना गर्नेहरु विगतमाभन्दा बढेका छन् ।

स्वास्थ्य क्षेत्रका अलावा द्वन्द्वकालको विषयलाई आफ्नो मागमा मिसाउनुका साथसाथै प्रधानमन्त्री एवं सत्तासीन दलका अध्यक्षद्वयलाई समेत ‘गालीगौलज’ को भाषा प्रयोग गरेपछि उनको अनसन पनि विवादित बनेको छ । एकातिर डा. केसी र उनका समर्थकहरु माग पूरा नभएको भन्दै आएका छन् भने अर्को्तिर डाक्टर केसीको धेरै माग सम्बोधन भए पनि राजनीतिक कुरालाई लिएर अनसन बसेको चिकित्सकहरुले नै आरोप लगाउन र विरोधमा उत्रन थालेका छन् ।

अस्पताललाई अनसन स्थल बनाउन नहुने भन्दै डा. केसीको अनसनको विरुद्धमा टिचिङ अस्पतालका प्राध्यापक डाक्टरहरुको एउटा समुह लागिपरेको छ ।

यसअघि केसीको अनसनविरुद्ध एक युवाले अर्को अनसन पनि सुरु गरेका थिए । विजय थापा नाामका ति युवकभने विगतमा अपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य फेला परेपछि उनको अनसनले महत्व पाएन । थापालाई केसी विरोधी तत्वले अनसन बसाएको हल्ला पनि सुनियो ।

केही सर्वसाधारण तथा विरामीका आफन्तले पनि शिक्षण अस्पतालमा केसी अनसन बस्दा उपचार प्रभावित भएको भन्दै विरोध गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?