भावी महानिरीक्षकमा नयाँ खेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
भावी महानिरीक्षकमा नयाँ खेल

सारांश

  • काठमाडौं, २० फागुन ।
  • यस पटकको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिसले धेरैलाई चकित बनायो ।
  • यसका दुई कारण छन् ।

काठमाडौं, २० फागुन । यस पटकको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिसले धेरैलाई चकित बनायो । यसका दुई कारण छन् । पहिलो रिक्त भएको दुई साता नबित्दै बढुवा सिफारिस भयो । विगतमा विवादका कारण नौ महिनासम्म निर्णय हुन सकेको थिएन । दोस्रो कारण चाँही सिफारिसमा बरिष्ठताको बरियता मिचिएन । बरिष्ठताकै आधारमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि बहादुर पालको सिफारिस भएको छ ।

एआईजी सिफारिसलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पहिलो सफलताका रुपमा लिइएको छ । तर, यसमा संयोगले पनि उनलाई साथ दियो ।

सत्तारुढ दल नेकपाभित्र आन्तरिक राजनीति चर्किएकाले यसपटकको एआईजी बढुवामा राजनीतिक चलखेल हुन नपाएको स्रोत बताउँछ । वामदेव गौतललाई राष्ट्रिय सभामा लैजानेरनलैजाने विवादमा नेकपा नेतृत्व अल्झिएको थियो । यही बेला एआईजी बढुवासम्बन्धि प्रस्ताव पुगेपछि प्रधानमन्त्रीले बरिष्ठताकै आधारमा गर्न निर्देशन दिएका हुन् ।

एआईजी बढुवा सिफारिसले भावी एआईजीको खेल पनि हेरफेर हुने देखिएको छ । धेरैले असारपछि विश्वराज पोखरेल आईजिपी हुने आँकलन गरेका थिए । यसअघि उनी दुई ब्याचलाई टपेर डीआइजीमा बढुवा भएकाले पनि यस्तो आँकलन गरिएको थियो । शक्तिकेन्द्रहरुसँग राम्रै सम्बन्ध भएपनि यसपटक उनलाई भाग्यले साथ दिएन । यससँगै अब असारमा आइजिपी हुने उनको सम्भावना लगभग सकिएको छ ।

असारमा शैलेश थापा र हरि पालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । एआईजीमा सिफारिस भएका तारिणी लम्साल असारमा महानिरीक्षक ज्ञवालीसँगै अवकाश पाउनेछन् । त्यो अवस्थामा थापा र पालबीच प्रतिस्पर्धा हुनेछ । धेरै प्रचार नरुचाउने थापा आफ्नो ब्याचका अब्बल अधिकृत मानिन्छन् । राजनीतिक पहुँच नभएकाले यसपटक उनी छुट्न सक्ने आशंका कतिपयको थियो । तर, इमान्दारीताका कारण उनी पुरस्कृत भएका छन् । भक्तपुरका जिल्लावासी महेश्वर न्यौपाने गृहसचिव हुनु पनि उनका लागि फाइदाजनक भयो । उनका लागि भक्तपुरकै नेकपा नेता महेश बस्नेतले पनि बालुवाटारमा लबिङ गरेका थिए ।

पाल पनि पछिल्लो समय शक्तिशाली हुँदै गएका छन् । डिआईजी बढुवामा निरज शाही र प्रद्युम्न कार्कीलाई पछि पारेबाटै उनका लागि प्रहरी नेतृत्वको ढोका खुलेको हो । प्रदेश २ मा कार्यरत रहँदा उनले आफ्नो छवी माथि उठाएका थिए । त्यसकारण असारमा दुईबीच कडा टक्कर हुने देखिन्छ ।

अब असारमा एआईजीका दुई पद रिक्त हुने छन् । जसमा अहिले छुटेका निरज र प्रद्युम्नको बढुवा हुने सम्भावना छ । तर, असारमा जसरी पनि एआईजी हुने रणनीतिमा पोखरेल छन् । असारमा एआईजी नभए उमेरहदका कारण पोखरेल डिआईजीबाटै अवकाश पाउनेछन् ।

पोखरेल एआईजीमा बढुवा नहुँदा उनको ब्याचीहरु भने खुशी भएका छन् । अब उनीहरु पनि डिआइजी हुँदैछन् । असारमा पोखरेललाई एआईजीबाट रोक्न सके पछि आफुहरु पनि आइजिपीको प्रतिस्पर्धामा हुने उनीहरुको आँकलन छ । पोखरेलका ब्याचीहरु धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनीबीच प्रतिस्पर्धा हुनेछ । डिआइजीका हाल ३४ सिट रिक्त छन् । आफ्नो ब्याचबाट अब पहिलोनम्बरमा बढुवाका लागि उनीहरुबीच प्रतिस्पर्धा सुरु भइसकेको छ ।

तर, डिआइजी बढुवाको निर्णय भने लम्बिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भइसकेका छन् । अब उनी अस्पतालबाट डिस्चार्ज भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्ने भएकाले एआइजी बढुवा नै लम्बिने छ । एआईजी बढुवा निर्णय नभई डिआइजीको नहुने भएकाले केही हप्ता लाग्ने देखिएको छ । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने वरिष्ठताकै आधारमा बढुवा गर्ने पक्षमा छन् । प्रहरीमा चलखेल गृहमन्त्री थापालाई मन पर्दैन ।(दृष्टि साप्ताहिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
आखिर प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालत गएनन्
आखिर प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालत गएनन्
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा
बागलुङमा बढ्यो चुनावी सरगर्मी
बागलुङमा बढ्यो चुनावी सरगर्मी
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो