आखिर प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालत गएनन्
सारांश
- काठमाडौं, २८ पुस ।
- अदालतको छानविन प्रक्रियामा आएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली के गर्लान् ?
- उनले पदबाट राजीनामा देलान् वा बिदामा बस्लान् ?
काठमाडौं, २८ पुस । अदालतको छानविन प्रक्रियामा आएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली के गर्लान् ? उनले पदबाट राजीनामा देलान् वा बिदामा बस्लान् ? यस्तै प्रश्नहरु उठिरहेका बेला प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालत गएका छैनन् ।
आफ्ना दुईवटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतमा उपस्थित नभएका हुन् । प्रधानन्यायाधीश पराजुलीको उमेर र शैक्षिक योग्यता लगायतका कागजात छानविनको घेरामा परेका कारण उनी सर्वोच्चको कामबाट बाहिरिनु पर्ने विभिन्न पक्षले माग राख्दै आएका छन् ।
यता, पराजुली विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीले पनि मुद्दाको अन्तिम किनारा नलागेसम्म पराजुलीले राजीनामा दिनुपर्ने भन्दै अनसन जारी राखेका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुबै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगाएपछि प्रधानन्यायाधीश गोपाल पराजुली अदालतमा उपस्थित नभएका हुन् । यता डा. गोविन्द केसीले भने प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया