कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
सारांश
- आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी नआउने सम्भावना लगधग टरेको छ ।
- योजनाअनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको खबर आजको नागरिकमा छ ।
- आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने योजना पूरा नहुने देखिएको हो।
आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी नआउने सम्भावना लगधग टरेको छ । योजनाअनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको खबर आजको नागरिकमा छ ।
आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने योजना पूरा नहुने देखिएको हो।
यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो। आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दबाडी ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून रहेको’ बताउँछन्। ‘सुरुङ खन्ने काम अहिलेको गतिले समयमा मेलम्चीको पानी ल्याउन सकिने सम्भावना कम देखिन्छ’ उनले भने, ‘तर पनि असोजभित्रै पानी ल्याउन सकिन्छ कि भनेर सम्झौताअनुसार काम गर्न ठेकेदार कम्पनीहरुलाई ताकेता गरिरहेका छौं।’
असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजना अनुसार उपत्यकाका सडकमा पाइप बिच्छ्याउने काई भने चलिरहेको छ।
प्रतिक्रिया