नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
५५ पटक हेरिएको
Shares
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै

सारांश

  • नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको व्यक्तिगत स्वार्थका कारण निगमले दिनप्रतिदिन आरालो लागिरहेको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खरेललाई मन्त्रालयमा बोलाएरै तत्काल पदबाट राजीनामा दिन कडा निर्देशन दिएका थिए ।
  • तर, खरेलले राजीनामा दिने मनशाय बनाएका छैनन् ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको व्यक्तिगत स्वार्थका कारण निगमले दिनप्रतिदिन आरालो लागिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खरेललाई मन्त्रालयमा बोलाएरै तत्काल पदबाट राजीनामा दिन कडा निर्देशन दिएका थिए । तर, खरेलले राजीनामा दिने मनशाय बनाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादका कारण खरेल निगमका अध्यक्ष बनेका हुन् । तर, स्वयम प्रधानमन्त्री ओलीसमेत उनको कार्यसम्पादनबाट सन्तुष्ट छैनन् । पछिल्लो समय ओलीले उनलाई बालुवाटार प्रवेशमा समेत रोक लगाएको स्रोतको दाबी छ । खरेलले निगमलाई सुधारको बाटोमा अघि बढाउनेगरि एउटापनि काम नगरेको निगमका कर्मचारीहरुको आरोप छ । हरेक निर्णय लिँदा आफ्नो लाभ–हानी हेर्ने खरेलको आदत बनिसक्यो । वाईडबडीको जापान उडानमा पनि खरेलले त्यही गरे, जे गर्दा आफूलाई लाभ र निगमलाई घाटा भयो ।

निगमको वाईडबडीले काठमाडौं–ओशाका सिधा उडान भरेको आज २ महिना १० दिन भयो । यो अवधिमा निगमले झण्डै १५ करोड हाराहारीमा घाटा व्यहोरेको छ । खरेललाई भने कुनै चासो र चिन्ता छैन् । उनको अदुरदर्शी र अपरिपक्व निर्णयका कारण निगम टाट पल्टिँदैछ । यो बीचमा खरेल आफ्नो स्वास्थ्योपचारको लागि भारत पुगेका थिए । उनले निगमको भारतमा रहेका म्यानेजरसँग व्यक्तिगत प्रयोजनको लागि २४ लाख रुपैयाँ लिएको पनि बुझिएको छ । अहिले मन्त्री भट्टराई र खरेलको बोलचाल नै बन्द छ । मन्त्री भट्टराई खरेललाई यही महिनाभित्रै हटाउने तयारीमा जुटेका छन् । मन्त्रालय स्रोतकाअनुसार अबको एक हप्ताभित्र खरेलको जागिर चट् हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
दशैं तिहार फेस्टिव 2024 in USA
दशैं तिहार फेस्टिव 2024 in USA
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !