भाषा आयोगले राना थारू भाषाबारे अनुसन्धान गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, २३ फागुन, भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।
  • राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो ।
  • लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ ।

कञ्चनपुर, २३ फागुन, भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।

राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो ।

लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका सामग्री कस्ता छन्, शिक्षकले विद्यार्थीलाई पढाएको कुरा बुझे÷नबुझेको र उनीहरुको अभिरुचिका बारे यहाँ रहेका २४ वटा विद्यालयमा टोलीहरु खटाएर अध्ययनको कार्य भइरहेको भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले बताउनुभयो । देशभरिमा दशवटा गाउँपालिका मातृभाषामा पढाइ शुरु गर्नका लागि छनोट गरिएका छन् जसमध्ये प्रदेश नं ७ को कञ्चनपुरको लालझाडी गाँउपालिका छनोटमा परेको हो ।

अनुसन्धानका क्रममा आधारभूत तहको कक्षा ३ सम्म नेपाली, गणित र विज्ञान लगायतका सबै विषय मातृभाषामा पढाइ गर्न सकिने देखिएको उपसचिव भट्टराईले बताउनुभयो । “यसका लागि गाउँपालिकाका अध्यक्षसमेत सकारात्मक देखिनुभएको छ,” उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्षले राना भाषामै पढाइको व्यवस्था मिलाउन सकिने आश्वासन दिएको उहाँको भनाइ रहेको छ ।

आयोगको टोलीले गाउँपालिकामा रहेका २४ वटै विद्यालयमा राना थारू भाषाको पाठ्यपुस्तक लागू गर्नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राना थारू अगुवा, शिक्षक, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत सँग छलफलसमेत गरेको छ । टोलीमा भाषा आयोगका उपसचिव भट्टराई, भाषाविज्ञ डा डिल्लीराम रिमाल र भाषा आयोगका लेखा अधिकृत दावा शेर्पालगायत रहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?
ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ
आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?
आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?
सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?
सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
चार हजार नयाँ उद्यमी
चार हजार नयाँ उद्यमी

तपाईंले छुटाउनुभयो कि?