संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
१७ पटक हेरिएको
Shares
संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई प्रत्येक सर्वसाधारणसम्म पु¥याउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
  • पार्टीको भातृसंगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुभएको थियो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई प्रत्येक सर्वसाधारणसम्म पु¥याउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टीको भातृसंगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुभएको थियो ।

राप्रपाले २०७६ सालाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य अगाडि बढाइसकेकोले चाडवाडको अवसरमा गाउँ पुगेको समयमा संगठन निर्माण कार्यलाई सँगसँगै अघि बढाउन समेत नेता, कार्यकर्ताहरुलाई अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

कार्यक्रममा शुभकामना दिनुहुँदै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हिन्दुहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गर्नेतर्फ दुर्गा भवानीले सबैलाई सद्बुद्धी प्रदान गरुन भनि कामना समेत गर्नुभयो । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा का.म.न.पा. कर्मचारी परिषदका अध्यक्ष तथा टुकोनका केन्द्रीय सदस्य उत्तम कुमार घलेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत ट्रेड युनियन महासंघ नेपाल (टुकोन) सँग आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?