समय पनि यस्तो किन ? (कविता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
समय पनि यस्तो किन ? (कविता)

सारांश

  • विजय तिमिल्सिना न उदाउँदै अस्ताउँछ समय पनि यस्तो किन ?
  • छट्पटी भै-रहेछ आउँछ कि त !
  • काल लिन !

विजय तिमिल्सिना

न उदाउँदै अस्ताउँछ
समय पनि यस्तो किन ?
छट्पटी भै-रहेछ
आउँछ कि त ! काल लिन !!

उजाड छ वसन्त पनि
पसिना निकाल्ने कस्तो सिशिर
चलीरहेको ढुकढुकि
एका एक भयो स्थिर !!

दिन जस्तै रात पनि
अनिन्द्रामा बितिदिन्छ
यसो आँखा लाग्यो कि
सपना खराब देखिन्छ !!

पर पर भए आफन्त
पराइसँग के जोडनु नाता
सबैलाई हेर्दै थिए
एका-एक चिम्म भए आँखा !!

न उदाउदै अस्ताउँ छ
समय पनि यस्तो किन ?
छट्पटी भै रहेछ
आउँछ कि त काल लिन !!

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?