दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !
सारांश
- भारतको पञ्जाबस्थित अमृतसरमा दशाैं हजार मान्छे दशैँ मेलामा सहभागी भइरहँदा भएको भागदौडमा कम्तिमा ६२ जनाको मृत्यु भएको छ।
- सहरसँग जोडिएको रेल्वे गेटसँगै रावणको पुतला दहन कार्यक्रम चलिरहँदा दुर्घटना भएको हो।
- दुर्घटनामा १५० घाइते भएका छन्।
भारतको पञ्जाबस्थित अमृतसरमा दशाैं हजार मान्छे दशैँ मेलामा सहभागी भइरहँदा भएको भागदौडमा कम्तिमा ६२ जनाको मृत्यु भएको छ।सहरसँग जोडिएको रेल्वे गेटसँगै रावणको पुतला दहन कार्यक्रम चलिरहँदा दुर्घटना भएको हो। दुर्घटनामा १५० घाइते भएका छन्। केही खबरहरुमा रेलले किचेर सर्वसाधारणको मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।दुर्घटना कसका कारणले भएको हो भनेर छानवीन गर्न पञ्चाब सरकारले एक जाँचबुझ आयोग गठनको आदेश दिएको छ। मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह शनिबार अमृतसर जाँदैछन्। अमृतसर रेल्वे स्टेशनबाट करिब चार किलोमिटर दुरीमा रहेको ढोकासँगै दशैँ मेला आयोजना गरिएको थियो। यो मैदानको क्षमता दुई हजार जना अँट्ने रहेको बताइएको छ। सो मैदानमा जान र आउन एउटा मात्र मार्ग रहेको छ। मैदानको एउटा भागमा भिआईपी पाहुनाका लागि मञ्च बनाइएको थियो। त्यसको पछाडि उनीहरु आउने जाने बाटो बनाइएको थियो।
घटना हुँदा पञ्जाबकी मन्त्री नवजोत सिद्धुकी पत्नी नवजोत कौर त्यही थिइन्। प्रत्यक्षदर्शीका अनुसार घटनालगत्तै उनी त्यहाँबाट निस्केकी थिइन्। मैदानमा एक ढोका छ जसले रेल्वे लाइन र मैदानलाई छुट्याएको छ। दशैँ उत्सव मनाउन भेला भएका मान्छे ढोका र रेलको लिकमा थिए।
प्रतिक्रिया