भुवन केसी मेयरमा नउठ्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
भुवन केसी मेयरमा नउठ्ने

सारांश

  • अभिनेता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर उठ्न नसक्ने बताएका छन् ।
  • शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।
  • केसीले आफू हालका दिनसम्म कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् ।

अभिनेता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर उठ्न नसक्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।


केसीले आफू हालका दिनसम्म कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् । साथै मेयर बन्ने विषयमा ठोस निर्णय नभएको उनको जिकिर छ । उनले भने, ‘स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।’



यसअघि उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो।





 



प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?