डा सोमलाल सुवेदीको एसियाली विकास बैंकको जागिर चट् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
डा सोमलाल सुवेदीको एसियाली विकास बैंकको जागिर चट् !

सारांश

  • काठमाडौँ, १ असार ।
  •   मुख्य सचिव पद नै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीलाइ  फिर्ता बोलाइने भएकाे छ।
  • नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।

काठमाडौँ, १ असार ।  मुख्य सचिव पद नै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीलाइ  फिर्ता बोलाइने भएकाे छ।

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।

उपकार्यकारी निर्देशकमा जागिर खान उनले व्यापक आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । सुवेदीले मुख्यसचिवको जागिर छाडेर फिलिपिन्सको मनिलामा एडिबीको जागिर खान गएको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमालेका सांसद रेवतीरमण भण्डारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतले सुवेदीको संसदमै चर्को बिरोध गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khyam Bhattarai

    Oli ko kamal hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?