प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ३ चैत, प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।
  • नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो ।
  • स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।

चितवन, ३ चैत, प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।

नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।

शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ ।

सो स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिनुभयो ।

एउटा कक्षामा ३० जनाको दरले शुरुआत समयमा १५० जनालाई पढाइने उहाँले बताउनुभयो । पठनपाठनका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ । प्रहरीको यो नवौँ स्कुल हो । पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले सङ्घीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो ।

प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा पुलिस स्कुल सञ्चालन गरिएको थियो ।

सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार शुरु हुन लागेको बताउनुभयो । आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उहाँले बताउनुभयो ।

सो आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाभिने र अन्य सामग्री भने सोही विद्यालयमा पठाउने उहाँले बताउनुभयो । महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, रु पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरीब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको उहाँले बताउनुभयो ।

दाहालले पुलिस स्कुल खुलेसँगै शिक्षा, विकास, रोजगार, उत्पादनको खपत लगायतमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
चैत २८ गते शुक्रबारको राशिफल यस्तो छ
चैत २८ गते शुक्रबारको राशिफल यस्तो छ
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
नेप्से परिसूचक ओरालो
नेप्से परिसूचक ओरालो

तपाईंले छुटाउनुभयो कि?