उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…

सारांश

  • रमेश गिरी ,भक्तपुर।
  • आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ।
  • प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ।

रमेश गिरी ,भक्तपुर। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ।प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ। उक्त स्थानका लागि निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरुमा उम्मेदवारका लागि व्यापक छलफलसमेत शुरु भएको छ।

यस क्षेत्रमा नेकपा र नेपाली काङ्ग्रेसमा उम्मेदवारका आकांक्षीहरु बढेका छन् भने नेपाल मजदूर किसान पार्टीले निर्वाचनका बारेमा हालसम्म कुनै चर्चा चलाएका छ्नैन्। आगामी निर्वाचनमा नेकपाबाट रमेश बुढाथोकी, निरञ्जन बजगाई, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वा, शम्भु दाहाल, दामोदर दङ्गाल, निर्मला लामिछाने, कृष्णमुरारी खनाल र देवीप्रसाद ९डिपी० ढकाल टिकट ल्याउने दौडधुपमा लागेका छन्।

बुढाथोकी, बजगाई, कासिछवा, दङ्गाल व्यवसायी हुन् भने लामिछाने हरिशरण लामिछानेका पत्नी हुन्। त्यस्तै दाहाल र खनाल कानून व्यवसायी एवं चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहाकार समेत हुन भने ढकाल पूर्वमाओवादीका नेता हुन्। नेकपाभित्र १० जनाले उम्मेदवारी दाबी गरिरहँदा ढकाल पूर्वमाओवादी र अन्य नौ जना पूर्व एमालेका हुन्।

आगामी निर्वाचनमा नेकपाबाट आफ्नो उम्मेदवारी रहने सञ्चारकर्मीलाई जानकारी गराउँदै यी आकांक्षी नेताले टिकट लिनका लागि शक्ति केन्द्र एवं पहुँचवाला नेताहरु कहाँ धाउन थालेका छन्। लामिछानेले पतिको शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दाबी गरेका छन् भने मोहनवीर श्रेष्ठले पार्टीले पुरानालाई मौका दिनुपर्ने बताउँदै आएका छन्। बुढाथोकी तथा बजगाईले भने युवालाई अबको नेतृत्व दिनुपर्ने बताउँदै आएका छन्।

यता काङ्ग्रेसमा पनि पुराना तथा नयाँ नेताहरुले पार्टीले आफूलाई टिकट दिने दाबी गर्ने आकांक्षीहरु बढेका छन्। काङ्ग्रेसका राजनीतिमा लामो समय सक्रिय रहेको तर अवसर नपाएको भन्दै तरुण दलका पूर्वअध्यक्षसमेत रहेका विनोद कायस्थले यसपटकको उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनेमा विश्वास व्यक्त गर्दै चुनावी रणनीतिमा लागिसकेको बताए। उनले चुनावमा पार्टीलाई विजयी गराउन आफू आवश्यक तयारीका साथ चुनावी क्षेत्रमा कार्यकर्तासँग भेटघाट बढाएको बताए।

काङ्ग्रेसमा पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेसँग चुनाव लडेका कृष्णलाल भडेलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् भने यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सदस्यमै उम्मेदवारी दिएका जीवन खत्रीले पनि पुनः उम्मेदवारी दाबी गरेका छन्।

त्यसैगरी काङ्ग्रेसबाट मनोजकुमार थापा, हरि नेपाल, जगन्नाथ कार्की, राजाराम खड्का, सुरेश श्रेष्ठ, यादव अधिकारी, किरण न्यौपानेले पनि उम्मेदवारी दाबी गरेका छन्। भडेल र खड्का व्यवसायी हुन् भने मनोजकुमार थापा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति एवं रेडक्रस केन्द्रीय सदस्य समेतछन्। न्यौपाने भने कानून व्यवसायी हुन्।

यता राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेले उम्मेदवारी दाबी गर्नुभएको छ भने राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपानेले उम्मेदवारी दाबी गरेका छन्। विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानले दाबेदारी गर्दै आएको छ।

सबैको चासो रहेको नेमकिपाबाट भने कसैको नाम सार्वजनिक भएको छैन भने पार्टीको आधिकारिक निर्णय नभई कोही पनि आकांक्षीको नाम सार्वजनिक नगर्ने पार्टीले जानकारी दिएको छ। निर्वाचन नजिकिँदै आए पनि नेकपा, काङ्ग्रेस, नेमकिपा भने निर्वाचनको रणनीतिक योजनामा लागेको छ। नेकपा जिल्ला अध्यक्ष वचन देउजाले आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिक योजनामा लागेको बताए।

काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनमा कसरी जित हासिल गर्ने भन्नेबारेमा छलफल शुरु गरेको बताए। नेमकिपाले पनि आन्तरिक तयारी थालेको बताइएको छ। पार्टीहरुमा आन्तरिक तयारी थालेपछि र उम्मेदवारका आकांक्षीहरु बढेसँगै निर्वाचन हुने क्षेत्रमा चुनावी माहोलसमेत बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
आइजिपी र एआइजिका नाममा बलि चढाइयो
आइजिपी र एआइजिका नाममा बलि चढाइयो
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
अविश्वासको प्रस्तावबाट प्रचण्ड ब्याक हुने
राजपाले अब चुनावमा भाग लिने : अध्यक्ष यादव
राजपाले अब चुनावमा भाग लिने : अध्यक्ष यादव

तपाईंले छुटाउनुभयो कि?