सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

सारांश

  • काठमाडौँ, २८ जेठ ।
  • स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ ।

काठमाडौँ, २८ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ ।

यद्यपि, राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रुपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि र तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभए निर्वाचनमा जान नसकिने बताउनुभयो । राजपा नेपालले आजै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी पनि नेता झाले दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर देउवा, नेकाका वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, राजपा नेपालका नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पलाँस गाउनेलाई एक लाख पुरस्कार
पलाँस गाउनेलाई एक लाख पुरस्कार
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
ओली र प्रचण्ड गोर्खा र लम्जुङ जाँदै
ओली र प्रचण्ड गोर्खा र लम्जुङ जाँदै
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या

तपाईंले छुटाउनुभयो कि?