छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
४६ पटक हेरिएको
Shares
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय

सारांश

  • १ असार, काठमाडौं ।
  • विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ ।
  • सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो ।

१ असार, काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए ।

थापाका अनुसार देशभरका जागिरे छोराछोरीले आफ्नो बुबाआमाको खाता खोली बैंकमार्फत रकम पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गर्न लागिएको हो ।

बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशतका दरले महिनैपिच्छे बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । यो व्यवस्था सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरुवात गर्ने तयारी मन्त्रालयले गरे पनि सरोकारवाला निकायससँगको छलफलपछि सबै जागिरे छोराछोरीका लागि अनिवार्य गर्न लागिएको हो ।

मन्त्रालयको विभिन्न अध्ययनले देशका अधिकांश जिल्लामा वृद्ध आमाबुबा आफ्नै सन्तानबाट प्रताडित हुने क्रम बढिरहेको देखाएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्न श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याएको थियो । सो ऐनमा ज्येष्ठ नागरिकलाई सबै सन्ततिले उचित भरणपोषणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । तर, व्यवहारमा भने लागू भएको छैन । कतिपयले त पैतृक सम्पत्ति आफ्नो नाममा नामसारी गरी बुबाआमालाई घरनिकालासमेत गर्दै आइरहेका छन् ।

सहसचिव थापाका अनुसार आफ्नै बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ । संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा
योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा
मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?
मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
भारी हिमपातले हवाई सेवा बन्द
भारी हिमपातले हवाई सेवा बन्द