स्वतन्त्र सेनानी गुप्ताको निधन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
स्वतन्त्र सेनानी गुप्ताको निधन

सारांश

  • वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ ।
  • विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उहाँको शुक्रबार साँझ निधन भएको थियो ।
  • स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लाग्नुभएका उहाँले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाउनु भएको थियो ।

वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उहाँको शुक्रबार साँझ निधन भएको थियो ।स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लाग्नुभएका उहाँले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाउनु भएको थियो । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।उहाँको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । ९तस्वीर उपलब्ध छ ०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?