मंगलबार कस्तो रहला देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ९, २०८१
|
|
६५ पटक हेरिएको
Shares
मंगलबार कस्तो रहला देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
  • हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

कोशी प्रदेशमा आज प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

त्यस्तै आज राती प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

आज मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै बागमती प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै गण्डकी प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा आज पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance h”anvisningskod

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    To tài khon cá nh^an

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/es-AR/register-person?ref=UT2YTZSU

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?