मंगलबार सुनको मूल्य प्रतितोला ११ सयले बृद्धि
सारांश
- नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।
- आज (मंगलबार) तोलामा ११ सय रुपैयाँले बढेको हो ।
- सोमबार सुनको मुल्य स्थिर थियो ।
नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आज (मंगलबार) तोलामा ११ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मुल्य स्थिर थियो ।
आज छापावाल सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलामा १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया