विश्वकप फुटबल २०१८: मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ४ असार ।
  • अर्जेन्टिना र आइसल्यान्डबीचको खेल १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना पक्षधर र विपक्षीबीच फेसबुक स्टाटसमा दोहोरी चलेको थियो ।
  • दोहोरी आजसम्म पनि चलिरहेकै छ ।

काठमाडाै, ४ असार । अर्जेन्टिना र आइसल्यान्डबीचको खेल १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना पक्षधर र विपक्षीबीच फेसबुक स्टाटसमा दोहोरी चलेको थियो । दोहोरी आजसम्म पनि चलिरहेकै छ । रोकिएको छैन ।

दोस्रो हाफमा अर्जेन्टिनी कप्तान मेस्सीको पेनाल्टी आइसल्यान्डका गोलरक्षक हान्स पोर हाल्डरसनले बचाएपछि अर्जेन्टिना र मेस्सीलाई सान्त्वना दिने र गाली गर्नेको कमी छैन ।

हेराै केहि प्रतिनिधित्व कमेन्ट भिडन्त

हिँड्ने मान्छे लड्छ,’ पत्रकार सुशील पौडेल भन्छन्, ‘लियोनल मेस्सी लडेका हुन् । गन्तव्य हराएको होइन ।’

पत्रकार सइन्द्र राईको भनाइ छ, ‘मेस्सी इतिहास हुन् । उनलाई सम्मान छ ।’

नेपालले विश्वकप फुटबल नखेलुन्जेल अर्जेन्टिना छाडिन्न । पत्रकार ज्ञानेन्द्र खड्का सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हिजो म्याराडोना थिए । बाटिस्टा आए । अहिले मेस्सी छन् । हारजित र बराबरी खेलका नियम हुन् । कसैलाई केही भन्नु छ ?’

प्रतिउत्तरमा पत्रकार उजिर कार्की भन्छन्, ‘मलाई छ । मेरो पनि कुरा यही हो ।’

रूसको मस्कोमा रहेको स्पार्टाक रंगशालामा आइसल्यान्डले अर्जेन्टिनालाई झड्का दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर ‘पोस्ट’ गर्ने कमी थिएन ।

अर्जेन्टिना समर्थकले आफूले समर्थन गरेको टिमको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखे भने विपक्षीले आ–आफ्नो तर्कसहित स्टाटस लेख्न कुनै आइतबार कुरेनन् ।

अर्जेन्टिना र आइसल्यान्डको खेल सकिएलगत्तै पत्रकार दीपक खनालले लेखे, ‘मेस्सीहरूको पछि लाग्नेहरू यथास्थितिवादी हुन् । पश्चगामी हुन् । आफू त नौलो जनवाद ल्याउनुपर्छ भन्ने अग्रगामी मान्छे।

कम्युनिस्ट सरकार भा बेंला पनि के बीचमा बस्नु । अहिलेसम्मको तटस्थता तोड्दै आइसल्यान्डलाई सलाम ठोकिन्च ।’

फेरि पनि हाम्रो हिरो मेस्सी नै हुन् । ‘उनी पनि मान्छे हुन्,’ प्रतिभा बोगटीको बुझाइ छ, ‘अनि हेक्का रहोस् । अस्तिको खेल हार होइन । बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?