​सडकमा आरजु देउवाको आतंक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
​सडकमा आरजु देउवाको आतंक

सारांश

  • काठमाडौं ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत शाखा अधिकृत सरुवामा पनि बालुवाटारमा आरजु राणाको हस्तक्षेप हुने गर्दछ ।
  • कांग्रेसमा कोइरालाहरुको शासनमा भन्दा देउवाको शासनमा परिवारवादले सीमा नाघेको छ ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत शाखा अधिकृत सरुवामा पनि बालुवाटारमा आरजु राणाको हस्तक्षेप हुने गर्दछ । कांग्रेसमा कोइरालाहरुको शासनमा भन्दा देउवाको शासनमा परिवारवादले सीमा नाघेको छ । सडक विभागका आयोजना, डिभिजनका सरुवामा समेत आरजुका भाइ भूषण राणाको निर्णय लागू हुने गरेको छ । सडक विभाग अन्तर्गतका ठेक्कापट्टाका निर्णय अहिले बालुवाटारस्थित प्रधानमन्त्री पत्नी आरजुको निर्देशन अनुसार हुने गर्दछ । आयल निगममा अरबको घोटालामा गोपाल खड्का बर्खास्त भए, तर सडकका ठेक्कामा भएका र भइरहेका अरबौं घोटालामा महानिर्देशक गोपाल सिग्देलको बारेमा अख्तियारदेखि कुनै निकायको ध्यान जान सकेको छैन ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सडकका ठेक्कामा अरबौंको भ्रष्टाचार गरेका छन् । धरान–चतरा–हेटौंडा सडकदेखि गल्छी–स्याफ्रुबेसी ठेक्कामा अरबौं रुपैयाँ नीतिगत भ्रष्टाचार गरेका सिग्देललाई आरजुकै दबाबमा महानिर्देशक बनाइएको थियो । महानिर्देशक भएपछि आरजुकै आदेशमा एक महिनाभित्र करिब २० अर्बको ठेक्का टुंग्याउन लागिएको छ । जुन ठेक्कामा ६ वटा ठूला ठेकेदारसँग मिलेमतो ४ अर्ब भन्दा बढी घाटा सरकारलाई हुनेगरी सेटिङ भइसकेको छ ।

मध्यपहाडी पूर्वी र पश्चिम खण्डको करिब २० अर्बको ठेक्कामा आरजु देउवालाई ५० करोड रुपैयाँ अग्रिम दिएर निश्चित ठेकेदारलाई मात्र पार्नेगरी टेण्डर गर्न लागिएको छ । मध्यपहाडी पूर्वी खण्डको ठेक्का मूल्यांकनको चरणमा छ भने पश्चिम खण्डको ठेक्काको टेण्डर सेटिङ अनुसार नै केही दिनभित्र सूचना निकाल्ने तयारी छ । यदि मध्यपहाडी पूर्वी र पश्चिम खण्डको ठेक्कामा सेटिङ नगरी स्वच्छ प्रतिस्पर्धा गराएको भए देशलाई ४ अर्ब बचत हुने थियो । तर ठेकेदारहरुसँग मिलेमतो गरी जति बजेट छुट्याएको छ, त्यति रकम नै टेण्डर प्रस्ताव हाली देशको बजेटमा ४ अर्ब नीतिगत भ्रष्टाचार हुन लागेको छ ।

कालिका कन्ष्ट्रक्सन, शर्मा एण्ड कम्पनी, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, तुँदी कन्ष्ट्रक्सन जस्ता सात वटा कम्पनीले सार्वजनिक खरिद नियमावलीमा साना ठेकेदारलाई छिर्नै नदिने बुँदा राखी मिलेमतो गरी ठूला ठेक्कामा मिलेमतो गर्दैआएका छन् । साना ठेकेदारलाई विदेशी जेभी राख्न नदिने प्रावधान नियमावलीमा घुुसाएर सडकका ठेक्कामा अरबौं घोटाला हुँदैआएको छ । आरजुदेखि अख्तियारसम्मलाई मिलाएर हुँदैआएको अरबौं नीतिगत भ्रष्टाचारमा सबै तै चुप मै चुप छन् ।

टेण्डर निकाल्नुअघि नै मिलेमतो गरी मध्यपहाडी पूर्वी र पश्चिम खण्डको ठेक्कामा अग्रिम कमिसन आरजुकोमा पुगेको समाचार छ । भौतिक मन्त्रालयका एक सहसचिवले भने, भौतिक मन्त्रालयमा बीरबहादुर बलायर नेमप्लेट झुन्ड्याउने मन्त्रीमात्र हुन्, वास्तविक मन्त्री आरजुका भाइ भूषण राणा हुन्, उनको संकेतविना भौतिक मन्त्रालय र सडक विभागमा पात पनि हल्लिदैन । भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की पनि उनका तामेलदार मात्र हुन् । दृष्टि

(https://vallartainfo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
‘Sasural Simar Ka’ actress Jaswir Kaur reveals the name of her newborn baby girl!
‘Sasural Simar Ka’ actress Jaswir Kaur reveals the name of her newborn baby girl!
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि