मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय

सारांश

  • दोलखा, १० कात्तिक  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय भएका छन् ।
  • सदरमुकाम चरिकोटका चोक, चौतारा र चियापसलमा निर्वाचनको परिणाम आफ्नै पक्षमा परिणाम आउने चर्चा परिचर्चा मतदाता माझ हुन थालको छ ।
  • मुख्य तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रमलाई अगाडि बढाएका छन् ।

दोलखा, १० कात्तिक  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय भएका छन् ।

सदरमुकाम चरिकोटका चोक, चौतारा र चियापसलमा निर्वाचनको परिणाम आफ्नै पक्षमा परिणाम आउने चर्चा परिचर्चा मतदाता माझ हुन थालको छ ।

मुख्य तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रमलाई अगाडि बढाएका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भित्रीरूपमा तीव्र बन्दै गएको छ ।

“गुण्डागर्दीको शैलीमा निर्वाचन हुने केही जिल्लामध्ये दोलखा पनि हो । यहाँ गुण्डाका नाइकेहरूले पनि स्वतन्त्र उम्मेदवारका नाममा उम्मेदवारी दर्ता गरेका छन् । कसरी हुन्छ स्वतन्त्र चुनाव । स्वतन्त्र चुनाव भनेको दोलखाली स्वाभिमानी नागरिकका लागि आकाशको फल आँखातरी मर भने जस्तै भइरहेको छ ।” नागरिक समाज दोलखाका अगुवा सुन्दरविक्रम कार्कीले भन्नुभयो ।

विगतका दिनमा दोलखाको स्थानीय प्रशासनले अति संवेदनशील स्थानमा प्रर्याप्त प्रहरी नपठाउँदा दुईजनाको ज्यान जानुका साथै हजारौँ नागरिक मत हाल्नबाट वञ्चित रहनु परेको आलो घाउ सुक्न नपाउँदै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको छ । यसपटक कत्तिको बुद्धि पु¥याउँछ हेर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।

दोलखाको बैत्यश्वर गाउँपालिकाको काभ्रे, गैरिमुदी, क्षेत्रपा, मार्बु, तामाकोशी गाउँपालिकाको शहरे, जिरी नगरपालिकाको ठूलोपाल, गौरीशंकर गाउँपालिकाको जुँगु, सुरी र मेलुङ गाउँपालिकाको पवटी अति संवेदनशील स्थान भएकाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउन सर्वसाधारण नागरिकले अनुरोध गरेका अगुवा कार्कीले सञ्चारकर्मीलाई बताउनुभयो ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताले पैसाको चलखेल शुरु गरिसकेका छन् यसलाई रोक्ने कसले भीनपा–४ का हरिकृष्ण खत्री भन्नुहुन्छ, “खसी बोका जसरी सोझासाझा नागरिकलाई किन्न दलका नेताहरु तल्लिन छन् ।”

मतदाता शिक्षा गाउँ–गाउँमा पु¥याउन ढिला भइसकेको छ । मतदाता शिक्षामा खटिने सामाजिक परिचालकले एउटा दलको चिह्न मात्र देखाएर मत हाल्न सिकाएको कुरा स्थानीय तहको निर्वाचनमा बाहिर आएकाले यसपटक कर्मचारी खटाउँदा निर्वाचन कार्यालयले बेलैमा विवेक नपु¥याए ठूलो दुर्घटना निम्तिन सक्ने चेतावानी विभिन्न दलका प्रतिनिधिले दिँदै हिँड्दा किन मौन रहन्छ स्थानीय प्रशासन, नागरिक अगुवा बाबुकृष्ण लामाले सञ्चारकर्मीसँग भन्नुभयो ।

दोलखामा प्रतिनिधि सभामा एक र प्रदेशसभामा दु्ई वटा क्षेत्र छ । दोलखामा यति धेरैले उम्मेदवारी दर्ता गराए पनि मुख्य गरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

रुद्रबहादुर खड्का नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि दोलखाबाट उम्मेदवार बन्नुभएको छ भने पार्वत गुरुङ वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा दोलखाबाट उम्मेदवार बन्नुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभामा बर्मा लामा दोलखा ‘क’ बाट र केशवराज चौलागार्इं दोलखा ‘ख’ बाट उम्मेदवार बन्नुभएको छ ।

विसं २०७० मा संविधान सभामा समानुपातिकबाट सभासद् हुनुभएका पशुपति चौलागाईं यसपटक दोलखा ‘ख’ बाट प्रदेश सभामा उम्मेदवार हुनुभएको हो ।

विशाल खड्का यसपालिको निर्वाचनमा प्रत्यक्षतर्फबाट टिकट पाउने नेकपा (माओवादी केन्द्र) एक मात्र नेता हुनुहुन्छ ।

एमालेका पुराना नेता लालकुमार केसीले दोलखा ‘ख’ मा प्रदेश सभा सदस्यका लागि नेकपा (माले)बाट उम्मेदवारी दिनुभएको छ । एमालेबाट टिकट नपाएपछि केसीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गई मालेको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेमकिपाका ६९ वर्षीय कृष्णप्रसाद शिवाकोटीले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँ यसपटकको निर्वाचनका सबैभन्दा ज्येष्ठ उम्मेदवार हुनुहुन्छ । प्रतिनिधि सभाका लागि संघीय समाजवादी पार्टीका लक्ष्मण गुभाजु र स्वतन्त्र उम्मेदवार सुब्बा श्रेष्ठ सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ । उहाँहरु दुवै २९ वर्षका हुनुहुन्छ । प्रदेश सभाका उम्मेदवारमा जनसमाजवादी पार्टीका लछुमन विश्वकर्मा र स्वतन्त्र उम्मेदवार राजेश श्रेष्ठ सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ । उहाँहरु दुवै २६ वर्षका हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
धुर्मुस सुन्तली फसे लफडामा ??? बिदेशी सग ६ करोड लिएको आङकाजीको आरोप !!!
बक्स अफिसका नाममा ५ करोड स्वाहा !
बक्स अफिसका नाममा ५ करोड स्वाहा !
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

तपाईंले छुटाउनुभयो कि?