सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा

सारांश

  • काठमाडौं, १ माघ ।
  • अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ परेका छन् ।
  • प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो ।

काठमाडौं, १ माघ । अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ परेका छन् । प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो ।

रासनमा अनियमितता गरेको आरोपमा महासेनानी भुपालमान अधिकारी प्रक्राउ परेका हुन् । सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुंदा रासन अनियमितता गरेको पुष्टि भएपछि उनलाई हिरासतमा लिइएको सैनिक उच्च स्रोतले जनाएको छ । हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ ।

अधिकारीको विषयमा छानविन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ । उक्त समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?