रघु पन्तको अभिव्यक्तिविरुद्ध नायिका वर्षा बोलिन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
३६ पटक हेरिएको
Shares
रघु पन्तको अभिव्यक्तिविरुद्ध नायिका वर्षा बोलिन्

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तले सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नायिका वर्षा शिवाकोटीले पनि बोलेकी छिन् ।
  • उनले महिलाहरु सफल हुँदा गलत मानसिकताले बोल्नेहरु समाजमा रहेको भन्दै आलोचना गरेकी छिन् ।
  • आज सामाजिक सञ्जालमा लेख्दै वर्षाले महिलाहरु चार पर्खाल बाहिर निस्कदा शारीरिक हिंसा, चरित्रहत्याको डर भइरहने उल्लेख गरेकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तले सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नायिका वर्षा शिवाकोटीले पनि बोलेकी छिन् । उनले महिलाहरु सफल हुँदा गलत मानसिकताले बोल्नेहरु समाजमा रहेको भन्दै आलोचना गरेकी छिन् ।

आज सामाजिक सञ्जालमा लेख्दै वर्षाले महिलाहरु चार पर्खाल बाहिर निस्कदा शारीरिक हिंसा, चरित्रहत्याको डर भइरहने उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्ः ”तिम्रो राजनीति म बुझ्दिन अनि बुझ्दिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ । तर यती बुझ्छु, बर्षौं भान्साको चार पर्खाल भित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पिडा हुन्छ। शारीरिक हिंसा, दुर्–व्यवहार र चरित्रहत्याको डर सधैँ भइरहन्छ।

यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो; महिलाहरु भान्साबाट बाहिर आए ,ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपती भए, अन्तरिक्षसम्म पुगे तर कतिको मानसिकता अझै बदलिएन ।
धेरै संघर्ष पछि आएको परिवर्तन हो यो, केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन। तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिका अझै मानसिक बिकास हुन भने बाँकी रहेछ, बिश्वास भयो !”

माधव नेपाल निकट मानिने नेकपा नेता रघुजी पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’ यसले उनको सर्वत्र आलोचना भएको थियो । कलाकारहरुले पन्तको अभिव्यक्तिप्रति आपत्ती जनाइरहेका छन् । पन्तले भने अभिव्यक्तिप्रति माफी मागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज ३ गते शनिवारको राशिफल यस्तो छ
असोज ३ गते शनिवारको राशिफल यस्तो छ
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
संविधानसभा अध्यक्ष नेम्वाङकाे अन्तिम संस्कार गरिँदै
संविधानसभा अध्यक्ष नेम्वाङकाे अन्तिम संस्कार गरिँदै
श्रमिक हक अधिकार कागजमै सीमित
श्रमिक हक अधिकार कागजमै सीमित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित

तपाईंले छुटाउनुभयो कि?