लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड

सारांश

  • काठमाडाै, २० असाेज ।
  • सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अघिल्लो हप्ता आफूले सिंगापुरका पूर्व राष्ट्रपति लि क्वान युका सल्लाहकार र त्यहाँका सांसदहरुसँग कुराकानी गरेको बताएका छन्।
  • गोर्खा चेम्बर्स अफ कमर्सले सदरमुकाम गोर्खाबजारमा आयोजना गरेको दशैँ सस्तो मेलाको उद्घाटन गर्दै प्रचण्डले पूर्व राष्ट्रपति यु र त्यहाँका सांसदहरुसँग कुराकानी गरेको बताएका हुन्।

काठमाडाै, २० असाेज । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अघिल्लो हप्ता आफूले सिंगापुरका पूर्व राष्ट्रपति लि क्वान युका सल्लाहकार र त्यहाँका सांसदहरुसँग कुराकानी गरेको बताएका छन्।गोर्खा चेम्बर्स अफ कमर्सले सदरमुकाम गोर्खाबजारमा आयोजना गरेको दशैँ सस्तो मेलाको उद्घाटन गर्दै प्रचण्डले पूर्व राष्ट्रपति यु र त्यहाँका सांसदहरुसँग कुराकानी गरेको बताएका हुन्।

‘सिँगापुरमा रहँदा मैले सिङ्गापुरका सांसदहरु रलि क्वान यु राष्ट्रपति छँदाका सल्लाहकारहरुसँग कुरा गरेँ’ प्रचण्डले भने, ‘सिँगापुर कसरी विकसित भयो भन्ने विषयमा उनीहरुसँग कुराकानी भयो।’‘सिँगापुर पनि ४०–५० बर्षअघि नेपालजस्तै अविकसित थियो’ प्रचण्डले भने, ‘उनीहरुसँगको कुराकानीपछि के लागेको छ भने हामी सबै मिलेर लाग्यौँ भने हामीले पनि सिँगापुरकै गतिमा विकास गर्न सक्छौँ।’ प्रचण्ड अघिल्लो हप्ता पत्नी सीता दाहालको स्वास्थ्य उपचारका क्रममा सिँगापुर पुगेर झण्डै एक हप्ता बिताएका थिए।

केही हप्ताअघि भएको चीन भ्रमणका क्रममा रेलमार्गका विषयमा कुरा भएको जानकारी दिँदै प्रचण्डले केरुङ हुँदै आएको रेलमार्गको ठूलो अंश गोर्खा हुँदै लुम्बिनीसम्म पुग्ने र त्यसले गोर्खाको विकासमा ठूलो भूमिका खेल्ने दावी गरे। चिनिया नेताहरुसँग आफूले चीनसँग सीमा जोडिएका गोर्खाका नाका खोल्ने विषयमा पनि कुराकानी भएको र चिनिया नाका खोलिए गोर्खा हुँदै चीन–ठोरी जोडिने बताए। सबै राजनीतिक दलहरुको एजेण्डा विकास बनेको उल्लेख गर्दै प्रचण्डले हवाई, सडक र रेलमार्गमार्फत् कनेक्टिभिटी बढाउन सक्दा विकासले तीब्रता पाउने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो
ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
सरकार विरुद्ध नेविसंघ सडकमा
सरकार विरुद्ध नेविसंघ सडकमा
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै