प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
सारांश
- रातमा सुतेको बेला होइन, दिउँसै सपना देखाए एमाले र माओवादी केन्द्रले ।
- मुलुकको समृद्धिको सपना देखाएर चुनावी मैदानमा उत्रिएका यी दुई दलले वाम गठनबन्धन निर्माण गरेर चुनावपछि एकता गर्ने उद्घोष गरे ।
- र, मुलुकमा दुई तिहाईको स्थिर र शक्तिशाली सरकार बनाई आर्थिक समृद्धिको शिखरमा पुराउने वाचाकसम खाए ।
रातमा सुतेको बेला होइन, दिउँसै सपना देखाए एमाले र माओवादी केन्द्रले । मुलुकको समृद्धिको सपना देखाएर चुनावी मैदानमा उत्रिएका यी दुई दलले वाम गठनबन्धन निर्माण गरेर चुनावपछि एकता गर्ने उद्घोष गरे । र, मुलुकमा दुई तिहाईको स्थिर र शक्तिशाली सरकार बनाई आर्थिक समृद्धिको शिखरमा पुराउने वाचाकसम खाए ।
गरेर देखाऊ लौ । जस्ताको तस्तै दुरुस्तै जनताले प्रचण्ड बहुमतमात्र होइन, झण्डै दुई तिहाईकै छेउँमा लगेर थपक्कै बसाइदिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेकै थिए, “फर्किने पुल भत्काइसकेका छौं ।” त्यसैले पनि होला, लाजकाज एमाले–माओवादी केन्द्रबीच पार्टी एकता पनि भयो । दुईतिहाईको २०१५ सालपछिको शक्तिशाली सरकार पनि बन्यो । अब ?
अब काम गर्ने बेला हो यो । “तँ चिता म पुराउँछु” भनेजस्तै वाम गठबन्धनले चिताएको कुरा जनताले हुबहु पुराइदिएका छन् । अब कुनै पनि बहानाबाजीले जनता झुक्किनेवाला छैनन् । नेकपा (नेकपा) र त्यसको सर्वाधिक शक्तिशाली सरकार यतिबेला विकल्पविहीन छ, बहानाविहीन छ । जनता केवल परिणाममुखी काम चाहन्छ, काम, काम फेरि पनि काम ।
आशा र अपेक्षाको चाङ लगाइदिएको नेकपा र त्यसको सरकारका कुनै पनि बहाना सुन्ने पक्षमा छैन जनता । यातायात क्षेत्रको सिण्डिकेट तोडेपछि जनतामा आशा जाग्यो, अब केही हुन्छ कि त ? यद्यपि, सिण्डिकेटको विषय यतिबेला अलपत्रै जस्तो छ । गृहमन्त्रीले कामचोर ठेकेदारहरुलाई कारवाही गर्छु भनेको पनि धेरै भयो । त्यसमा सिन्का भाँचेको देखिएको छैन । सरकार चलायमान र गतिशील देखिएको छैन । बरु, अनावश्यक विवादमा फसेर प्रतिपक्षलाई कुर्लिने खेलको मैदान उपलव्ध गराइरहेको छ ।
आठ घण्टामा काठमाडौं आइपुग्ने यात्रुहरु तीन दिनसम्म नारायणघाट–मुग्लिङ सडकखण्डमै सास्ती भोगिरहेका छन् । एकातिर बाढी र अर्कोतिर पहिरोले २२ जनाको त ज्यानै गइसक्यो । बाटाघाटा जलमग्न छन् । गाउँघर, कुनाकन्दराका त कुरै छोडौं, देशकै मुटु राजधानी काठमाडौंका सडक धान रोप्नलायक देखिन्छन् र आमजनता सास्ती खेप्न विवश छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उखानटुक्का जोडी जोडी विपक्षीको दोहोलो काढ्न सधै अग्रपंक्तिमा देखिनु हुन्छ । भाषणमा चीन र भारत दुबैतिरबाट रेल आइसके । भाषणमा समृद्धि समृद्धिको कुरा सुनेर जनता थाकिसके । सधैंको वर्षामा यतिको ज्यान गयो, यति घरबारविहीन भए, यति जमिन कटानमा पर्यो, यति भूभाग डुबानमा परे, नारायणघाट–मुग्लिङ सडकमा यति यात्रु थुनिए, यति जनधनको क्षति भयो भनेर कहिलेसम्म लाश र क्षतिको तथ्यांक लिएर बस्ने हँ ? यसलाई दीर्घकालीन रुपमै समाधानका लागि सरकार किन प्रयास गर्दैन ?

प्रधानमन्त्री ओली कहिलेकाहीँ भन्नुहुन्छ, “भन्नेबित्तिकै रेल आउँदैन ।” हो, जगजाहेर भएको कुरा हो कि भन्नेबित्तिकै केही पनि हुँदैन । काम गरेपछि भनेका कुरा पूरा हुने हुन् । त्यसैले भन्नेमात्र होइन कि अब काम थाल्ने कि ? हामी यो भन्दैनौं कि एकैपटक देश सिङ्गापुर बनिहाल्छ । कम्तिमा मुलुकमा अब परिणाममुखी काम शुरु हुँदैछ र केही त हुन्छ भन्ने संकेत र सन्देश आम नेपाली जनताले महसुस गर्नेगरी काम शुरु गर्ने कि ? त्यसैले प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, काम पनि गर्ने कि ?
David Subba
Jo jogi aayeni kanai chireko khoi k garne
Nagendra Sapkota
अब किनौ पानी जहाज
Jiban Kumal
Kam 1% gaff chahi 98% hunx Nepal maa Sathi haru ho
Buddhipd Rai
काम गर्नेले कहिल्यै गफ गर्दैन र गफाडीले काम कहिल्यै गर्दैन भनेसी गफाडीलाई काम पनि गर्नु होला भन्नु किन हँ??
Suklal Kisan
नआत्तिस सबै काम हुन्छ किन कि
काम भनेको जादु देखए जस्तो होईन
टाईम लाग्छ ढिलो होस दिगो होस
पहिलाका प्रधानमन्त्रीले बोले छोडे
गए सक्की गयो
Min Gurung
पानी जहाज ल्याउछु भन्थे ओलिले मैले त पत्यायको थियन साच्चै पो रहेछ हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! ! हे ! ! !
Ganesh Shakya
ई महानगर र सरकारकाे काम
Uma Paudyal
Aba Yaha Pani jahaj chalaunu parcha.
Romey Joshi
Ahile kalopatre garna mildaina gas ko pipe halna baki cha
Pradhan Bisnu
के काम गलां
Vnod Gurung
Kam bhanda badi guff matra chha kp oli jheu ko
Vnod Gurung
Rajhdhani ko halat ta testo chha jhan aru tau ko k halat chha
Madhav Pokharel
ahi nai sabai gari dine ho vane aarko chunabma k garxu vanera vot magne ni, khai janta le bujheka…..
Manoj Gry
haina kuro na bujhya ho ki kyaho…yo bato ma iscuty rw moterbik kudaune hainatw…yaha tw panijahaz po kudaune hotw…….
Deepak Pathak
बिगार्ने कालो काङ्रेस अनि दोष के पि लाई ? अधिकास ठेक्का कालो काङ्रेसी ठेकेदार सङ अनि कहिलै काम पुरा हुन्छ ? ति बदमास अपराधिहरुलाई कार्बाही गर्छुमात्र भन्दा पनि सदन अबरुद्ध गर्न तम्सिने काङ्रेसनै सबभन्दा ठुलो अपराधो हो ! येस्तो जान्दाजान्दै अनेक थरिका गोयबल्स फैलाउने झन ठ्ला अपराधी !
Raju Bhandari
२२ बर्ष राजगरने हरू ले गरेको बिकाश यही हो ।कुरा गिरीजा कृष्ण र शेरे को बिकाश ।
Bhawani Sharma
यहि बेला हो पानी जहाज ल्याउने ! लौ न ढिलो नगरौं !
GVinayak Dhital
कांग्रेस ले ध्वस्त पारेको देश नयाँ ले के चमत्कार गर्न सक्छ र ??
Limbu Tek
टुक्के जबाफको प्रतीक्षामा बस्नु पर्ला ……..
Prayash Subba
Bhukne kukurle kaile tokdaina
Roj Goolung
Yo ho nepalma panijahaj ra rell oli g yasto bolnu vqnda kharani ghasera himaltir pase hunx
Dipesh Dahal
बिचरा आको ३month भाको ६इन ।।कति गाली गर६उ हो ।।तिमी हरु को काम गाली गरेरै कमाउने हो भन्ने कुरा थाहा ६ के ।।
Badri Prasad Humagain
रास्टबादी नेताहरुले चलायको देश??
Suresh Shrestha
Oli sarkar aba kampanigarera dekhaunu paryo
Jirel Tika
बिकास भन्दा पैसा धेरै छन नेपालमा तर नेताहरुको भिजन छैन रास्ट्र र जन्ता प्रतिको नकारात्मक हेराईले काम पनि यस्तै नै भएको छ ?!!