मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार- केपी ओली
सारांश
- काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार भएको बताएका छन् ।
- बिहीबार काठमाडौमा भएको साक्षत्कारमा अध्यक्ष ओलीले तराई–मधेसका जिल्लामा प्रशस्त बजेट छुट्याइने गरेपनि अपेक्षित विकास हुन नसकेकोमा आफुलाई समेत चिन्ता लाग्ने गरेको बताए ।
- उनले विकट पहाडी जिल्लामा समेत ९५ प्रतिशत साक्षर भएको उदाहरण दिँदै सुगम भनिने तराईका जिल्ला शिक्षा, स्वास्थ्य र बिकासको गतिमा हिँड्न नसक्नुमा त्यहाँका राजनीतिक दल र तिनका नेताकै कमजोरी भएको बताए ।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार भएको बताएका छन् ।
बिहीबार काठमाडौमा भएको साक्षत्कारमा अध्यक्ष ओलीले तराई–मधेसका जिल्लामा प्रशस्त बजेट छुट्याइने गरेपनि अपेक्षित विकास हुन नसकेकोमा आफुलाई समेत चिन्ता लाग्ने गरेको बताए ।
उनले विकट पहाडी जिल्लामा समेत ९५ प्रतिशत साक्षर भएको उदाहरण दिँदै सुगम भनिने तराईका जिल्ला शिक्षा, स्वास्थ्य र बिकासको गतिमा हिँड्न नसक्नुमा त्यहाँका राजनीतिक दल र तिनका नेताकै कमजोरी भएको बताए ।
मधेसवादी दलका नेताहरुले आफुलाई मधेसको मसिहा भन्ने गरेपनि जनताका पक्षमा काम नगरेकाले यस्तो अवसथा आएको बताए । ‘स्थानीय दलका नेता के हेरेर बसेका छन् ? त्यहाँका राजनीतिक दलले गर्नुपर्ने काम अरु कसले गर्छ ? मैले झपाामा पछाडि परेका सन्थ्याल जातीलाई पढाउने व्यवस्था गरेको छु नपत्याएर गएर हेरे हुन्छ । गर्दा नहुने केही छैन तर, मधेसमा किन हुन सकेन ?ओलीको प्रश्न थियो ।
आफु कठिन अवस्थामा प्रधानमन्त्री भएका बेलामा तराई मधेसको विकासका लागि प्रशस्त बजेट छुट्याएको भन्दै आफ्नै पालामा सवैभन्दा बढि मधेसमा बजेट दिएको ओलीले दावी गरे ।
मधेस आन्दोलनमा रहेका मधेसी नेताहरु पटकपटक निर्माण मन्त्री भएको तथा ठुला सिंचाइका योजना मधेसमै भएपनि उनिहरुले विकासमा ध्यान नदिदा मधेस र मधेसी जनता पछि परेको उनको भनाई थियो । मधेसी, जनजाती, महिला र अलपसंख्यकलगायतका समुदायको पक्षमा एमाले विगतमा पनि रहेको र पछिपनि रहिरहने ओलीको भनाई थियो ।
प्रतिक्रिया