कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
४० पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ ।
  • ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।

काठमाडौं, ७ चैत्र । कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।

महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुलरकलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिएका छन् । बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।

ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौँ छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए ।

केही दिनअघिसम्म काठमाडौँ छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको छ ।

बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भिडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
स्याङ्जामा एेतिहासिक प्याराग्लाइडिङ वर्ल्ड कप !
स्याङ्जामा एेतिहासिक प्याराग्लाइडिङ वर्ल्ड कप !
अवैध सुन सहित पक्राउ
अवैध सुन सहित पक्राउ
चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्
चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्