अन्तरिक्षयात्री हुन के आवश्यक छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?

सारांश

  • अन्तरिक्ष यात्राको सपना हामी मध्ये धेरैले देख्छौं।
  • तर अन्तरिक्ष यात्री बन्न सजिलो छैन।
  • यसका लागि साधारण नभै विशेष बन्नु पर्छ।

अन्तरिक्ष यात्राको सपना हामी मध्ये धेरैले देख्छौं। तर अन्तरिक्ष यात्री बन्न सजिलो छैन। यसका लागि साधारण नभै विशेष बन्नु पर्छ।

अन्तरिक्षयात्रीमा तुरुन्तै निर्णय गर्ने सक्ने क्षमता हुन आवश्यक छ। स्वास्थ्य आममानिसको भन्दा धेरै राम्रो हुनु पर्छ। दबाबमा भएपनि आफ्नो धिरतालाई डगमगाउन दिनु हुँदैन। एक अन्तरिक्षयात्री बन्नका लागि यो केही महत्वपूर्ण विषयहरु हुन जसलाई ‘द राइट स्टफ’ भनिने गरिन्छ।

आमरुपमा अन्तरिक्षयात्री वायुसेनाको राम्रो पाइलट हुने गरेका छन्। १९५० को दशकमा नासाले आफ्नो पहिलो अन्तरिक्षयात्री भन्दै वायुसेनाको पाइलटलाई छानेको थियो। यो काम सोभियत संघले पनि गर्‍यो।

फरक यति मात्रै थियो सोभियत संघले यस क्षेत्रमा महिलालाई पनि सहभागी गराएको थियो। साथै उचाइको पनि सीमा तोकेको थियो। अर्थात अन्तरिक्षयात्री बन्नका लागि पाँच फिट ६ इन्चभन्दा अग्लो हुने कुनैपनि व्यक्तिले पाउँदैनथे।

करिब ६० वर्षदेखि मानिस अन्तरिक्षमा जाँदै छन्। तर त्यहाँ जाने सर्तहरु आज पनि त्यही छ। उदाहरणका लागि सन् २००९ मा युरोपेली अन्तरिक्ष नियोगले ६ अन्तरिक्षयात्री भर्ती गरेको विषयलाई लिन सकिन्छ। यसमा तीन सैनिक पाइलट थिए। एक पेशेवर पायलट भने एक स्काइ ड्राइभर थिए। बाँकी एक पर्वतारोही थिए।

सक्षम व्यक्तिहरुलाई नै अन्तरिक्षमा पठाउने कोसिस हुँदै आएको छ। तर आममानिसका लागि अन्तरिक्षमा पुग्न सहज भने छैन ।

धर्तीमा अक्सिजन जताततै पाइन्छ। यो बिना मानव जीवनको कल्पना गर्न सकिदैन। तर धर्तीबाट पर त्यस स्थानमा कृत्रिम अक्सिजनको माध्यमबाट जीवन धान्ने गरिन्छ। अन्तरिक्षयात्रीले ब्रम्हाण्डमा रहेको विकिरणको सामना गर्नुपर्छ। यस्को सोझो असर स्वास्थ्यमा पर्छ। शरीर कमजोर हुन थाल्छ। सधै वाकवाकीको अनुभव हुन्छ। आँखा कमजोर हुन्छ। कमजोरी यति हुन्छ की रोगसँग लड्ने क्षमता नै हुँदैन।

अन्तरिक्षयात्री ल्युका परिमितानोले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब साँढे पाँच महिना बिताए। उनी भन्छन – ‘जसो जसो दिनहरु बित्दै जान्छन् आफ्नो गोडाहरु कमजोर र पतलो हुँदै गएको महशुस हुन थाल्छ। अनुहार गोलो हुन थाल्छ। पृथ्वीमा फर्केपछि पनि सामान्य हुनका लागि निकै लामो समय लाग्छ।’

अन्तरिक्षमा शुरुवाती दिनमा एकै दिशामा हिड्नु पर्छ। छ महिनापछि तपाई विस्तारै विस्तारै अर्को दिशामा घुम्न शुरु हुन्छ। अन्तरिक्ष केन्द्रको स्थान थाहा पाउन शुरु हुन्छ। जिरो गुरुत्वाकर्षणको कारण अन्तरिक्षयात्रीहरु हावामा उडिरहेका हुन्छन्। त्यसैले तपाईको गोडाले कुनै काम गर्न पाउँदैन। अन्तरिक्षमा लामो समय टिकेर बस्नु सजिलो छैन।

अन्तरिक्षयात्री भ्यालोरी पोलियाकोले अहिलेसम्म अन्तरिक्षमा लामो समय विताएका छन्। उनले ४ सय ३७ दिनसम्म अन्तरिक्षमा विताए।

अहिले अन्तरिक्षमा लामो समयसम्म कसरी फिट राख्ने भन्ने बारेमा अनुसन्धान भैरहेको छ। यसमा सबैभन्दा महत्वपूर्ण विषय हो विकिरणसँग बाँच्नु। साथै उनीहरुका लागि लाइफ सपोर्ट सिस्टमको व्यवस्था पनि हुन आवश्यक छ। यस क्रममा कैयौ वर्कसप पनि भैसकेको छ।

अन्तरिक्षमा बस्ती बसाउने विषयमा चर्चा भएको छ। यस वर्कसपमा इन्जिनियर, वैज्ञानिक र ठूला अनुसन्धानकर्ताहरु सहभागीहरु हुँदै आएका छन्।

अमेरिकी न्युरो साइन्टिस्टका रोबट हेम्पसन अन्तरिक्षमा बस्ती बनाउने काम सहज नभएको मान्दछन्। साथै यो काम गर्न लामो समय लाग्ने छ । त्यस समयसम्म अन्तरिक्षमा जानेहरुलाई नै त्यहाँका परिस्थितिमा आफूलाई परिवर्तन गर्न सक्ने र स्वास्थ्य रहनसक्ने बनाउन आवश्यक छ।

के छ अफ्ठ्यारो ?

अन्तरिक्षमा जसरी बस्तीहरु बसाउने विषयहरु आइरहेका छन्। सुन्दा निकै सहज छ जस्तो लाग्छ । वास्तवमा यसमा फाइदाभन्दा घाटा धेरै बढी छ। उदाहरणका लागि आज कुनै युवकलाई यस्तो कुनै कोलनीमा पठाइयो भने उनी आगामी पुस्ताका लागि लायक हुने छैनन। उनीहरुको शरीर अन्तरिक्षको परिस्थितिमा अनुकुल नै हुन्छ । उनीहरुको जीन्दगी पृथ्वीमा बस्नेहरुको भन्दा फरक हुनेछ।

अन्तरिक्षका लागि मनुष्यको नयाँ नस्ल नै तयार गर्नु सजिलो काम होइन । पृथ्वीमै अन्तरिक्षका लागि मानिसलाई तयार पार्नु राम्रो हुन्छ । मानिसलाई हावामा उडिरहेको दृश्यले धेरैलाई रोमाञ्चक बनाउने गरेको छ। विज्ञानको तिलस्मी फिल्महरुमा हामीले यो देखि सकेका छौ। तर यो यथार्थमा आउन तत्काल संभव छैन।

(बिबिसीबाट अनुवाद)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका अटो र इ–रिक्सा
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका अटो र इ–रिक्सा
एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !
अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत

तपाईंले छुटाउनुभयो कि?