ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह

सारांश

  • काठमाडौं, २४ चैत ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए देशव्यापी रुपमा समानन्तर समिति बनाउने थ्रेट दिएका छन् ।
  • नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार नेता नेपालले अध्यक्ष ओली र प्रचण्डले आफूसँग कुनै सरसल्लाह नगरी तल्लो तहको एकता टुँगो लगाउन खोजेको भन्दै गम्भिर आपत्ति जनाएका छन् ।

काठमाडौं, २४ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए देशव्यापी रुपमा समानन्तर समिति बनाउने थ्रेट दिएका छन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार नेता नेपालले अध्यक्ष ओली र प्रचण्डले आफूसँग कुनै सरसल्लाह नगरी तल्लो तहको एकता टुँगो लगाउन खोजेको भन्दै गम्भिर आपत्ति जनाएका छन् । नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीको तल्लो तहको एकता टुँगो लगाउँदा आफूसँग सहमति गर्नुपर्ने सन्देश पठाईसकेका छन् ।

आफ्नो प्रस्ताव नसुन्ने र एकोहोरो पेलेर जान खोजे देशव्यापी रुपमा समानान्तर समिति बनाउने नेता नेपालको तयारी छ । नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मेरो कुरा सुनुवाई भएन भने म देशव्यापी रुपमा समानन्तर समिति बनाएर अघि बढ्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?