मनाङ एयरको हेलिकप्टर दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मनाङ एयरको हेलिकप्टर दुर्घटना

सारांश

  • काठमाडौं ।
  • मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ ।
  • नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो ।

काठमाडौं ।मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?