प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको गृहकार्य थालेका छन्।
- चीन भ्रमणबाट फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गरेको कुरा सार्वजनिक रुपमै खुलासा गरेका थिए।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको गृहकार्य थालेका छन्। चीन भ्रमणबाट फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गरेको कुरा सार्वजनिक रुपमै खुलासा गरेका थिए।
उनले गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा आफू छिट्टै भारत जान लागेको बताएका थिए। ‘धेरैले पत्याएका छैनन्, म छिट्टै भारत भ्रमणमा जाँदैछु’ उनको भनाइ थियो।
प्रधानमन्त्री ओली चीन जानुअघि भारत भ्रमणको निम्ता नपाएपछि उत्तरतर्फ जान लागेको भनेर टिकाटिप्पणी भएको थियो। प्रधानमन्त्री ओलीले भने जताबाट पहिला निम्तो आउँछ उतै जाने हो भन्दै आफू सबैसँग सन्तुलित सम्बन्ध राखेर नै अघि बढ्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले पुषभित्रै भारत भ्रमण गर्नेगरि तयारी थालेका छन्। त्यसको लागि उनले परराष्ट्रमन्त्री डा. आरजु राणालाई भ्रमणको चाँजोपाँजो मिलाउन भनेका छन्। मन्त्री राणा यतिवेला युरोप भ्रमणमा छिन्।
उनी युरोपबाट सिधै भारत ओर्लिने तय भएको छ। मन्त्री राणा आर्थिक सम्मेलनमा भाग लिनको लागि त्यता जाने भनिएकोमा उनी युरोप हुँदै उतैबाट नयाँ दिल्ली ओर्लिने तय भएको छ।
उनी भारत भ्रमणमा रहेको बेलामा प्रधानमन्त्री ओलीको भ्रमणको लागि भारतीय उच्च अधिकारीहरुसँग आग्रह गर्ने बुझिएको छ। उद्योगमन्त्री दामोदर भण्डारीले पनि प्रधानमन्त्री ओलीको छिट्टै भारत भ्रमण हुने दाबी गरेका छन्।
binance Registrace
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.