भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
६२ पटक हेरिएको
Shares
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरी सबैले घृणा गर्ने बताएका छन् ।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अघि बढेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरी सबैले घृणा गर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अघि बढेको बताए ।

“भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्छन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो” प्रधानमन्त्रीको भनाइ छ ।

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँदै भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गरे । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै संकटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराउँदै जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । “आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।”

“मरुभूमिका देश पनि धनी भइसके, जनसङ्ख्या बुढाबूढी भएको मुलुक पनि धनी नै छन्, हाम्रो ६० प्रतिशत जनसङ्ख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिक रुपमा निकै सम्पन्न भए पनि गरीब छौं किन रु यो विषय अब नेपाललाई स्वीकार्य छैन्” प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
बाजुराका एक बालकमा कालाजार भेटियो
बाजुराका एक बालकमा कालाजार भेटियो
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए